तिला र तातोपानी गाउँपालिका तीन महिनादेखि अन्धकारमा

कर्णाली । गत कात्तिक १ गते आएको भीषण बाढी र पहिरोका कारण जुम्लाका तिला र तातोपानी गाउँपालिकावासी टुकी बालेर बस्न बाध्य छन् । बाढीले लघु जलविद्युत् बगाएर लगेपछि बस्ती अन्धकारमा परिणत भएका हुन् । करिब एक शताब्दीपछि आएको भीषण बाढी र पहिराले पाँच लघुजलविद्युत् आयोजनामा पूर्ण क्षति पुर्‍याउँदा तीन महिनादेखि ती गाउँपालिकाका विभिन्न गाउँमा उज्यालो छैन । स्थानीयवसीले अहिले देवदार वा सल्लोको झरो (दियालो) बालेर काम चलाउँदै आएका छन् । त्यहाँका स्थानीयले अहिले सामान्यत: मोबाइल चार्ज गर्न पाएका छैनन् । विद्युत् नहुँदा कुटानीपिसानी मिल पनि सञ्चालनमा आउन सकेका छैनन् । तीन महिनायता अन्धकारले गर्दा पशुजस्तो जीवन जीउनुपरेको तिला–४ साँपुल्ली गाउँका जमाने सुनारले दुखेसो पोखे । ‘मान्छेहरू खाना पकाउने, टिभी चलाउने, उद्योगधन्दा चलाउने सबै काम विद्युत्बाटै गर्छन् । तर हामीलाई घरमा उज्यालो हुने बिजुली छैन,’ सुनारले भने, ‘हामीजस्ता गरिबका निम्ति बिजुली कसले ल्याइदिने ? सामान्य मोबाइल चार्ज हुन नसक्दा कालापहाड गएको छोरासँग फोन गर्न पाइएको छैन ।’ बाढी र पहिराले गर्दा तिला–४ साँपुल्ली, रावतवाडा, नुवाकोट गाउँमा सबैभन्दा बढी क्षति पुर्‍याएको छ भने तातोपानी–४ का हाँकु, ठाँटा, गिडीखोला, नियापानी र वडा ७ तथा ८ को सर्मी, सुर्की, कँयरकोट, ताम्ती लामाबगड, बारागाउँ दारिम टाकुरी, पातरसाँघु, बंतडी, टोप्लालगायत क्षेत्रको विद्युत् क्षति पुर्‍याउनुका साथै सयौं कित्ता जमिन कटान गरेको छ । त्यस्तै बाढीले सयौं किसानको धान, मकै, सिमी, चिनो, कोदोबाली र स्याउ बगैंचा, स्थानीय घट्ट, चिरानी, कुटानीपिसानी मिल बगाएको थियो । क्षतिबाट प्रभावित क्षेत्रका नागरिकले अहिलेसम्म महसुस हुनेगरी कुनै पनि सरकारबाट राहत प्राप्त गरेका छैनन् । गत कात्तिकमा कर्णाली प्रदेश सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको टोलीले बाढी तथा पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको थियो । मन्त्री भण्डारी नेतृत्वको टोलीले स्थलगत अवलोकनबाट फर्केर तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई बाढीपीडित नागरिकलाई तत्कालीन, मध्यकालीन र दीर्घकालीन प्रभाव पार्ने खालका प्याकेज कार्यक्रम सञ्चालन गर्न मागपत्रसहित ध्यानाकर्षण गराएको थियो । नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले जुम्लाका बाढी र पहिरो प्रभावित क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणाली विस्तार गर्न खम्बा गाड्ने योजनालाई अघि बढाएको छ । यसका लागि केन्द्रले झन्डै ४२ लाखको बोलपत्र आह्वान गरेको छ । विद्युत् प्राधिकरणको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत कुल दुई करोड ५० लाख लागतमा राष्ट्रिय विद्युत् प्रसारण प्रणाली विस्तारका लागि खम्बा गाड्न ४१ लाख ८१ हजार ९२० रुपैयाँको बोलपत्र आह्वान गरिएको जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले जानकारी दिए । रासस

सम्बन्धित सामग्री

गीत र लोगो बनाउँदै तातोपानी गाउँपालिका

काठमाडौँ,१७ माघ । जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नै पालिकाको आफ्नै गीत र लोगो बनाउने भएको छ । गाउँकार्यपालिकाको माघ १६ गतेको निर्णयअनुसार प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, तथा विशिष्ट भौगोलिक पहिचान झल्किने गरी गीत र लोगो बनाउनका लागि एक महिने सार्वजनिक सूचना जारी गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए । दरखास्त दिनका लागि सूचना जारी गरिएको छ […]

जुम्लामा विपद व्यवस्थापन अभ्यास

तातोपानी गाउँपालिका-४ हाँकुचौरमा विपद् व्यवस्थापन कृत्रिम अभ्यास प्रदर्शनी गरिएको छ।

अनियमितता रोक्न प्रत्येक विद्यार्थीको ‘टाउका’ गन्दै तातोपानी गाउँपालिका

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले सामुदायिक विद्यालयमा हुने अनियमितता रोक्न तथा शैक्षिक गुणस्तरलाई लयमा ल्याउन विद्यार्थीका टाउका गन्न थालेको छ । विद्यालयहरुले नक्कली विद्यार्थी देखाएर खाजा रकम र छात्रवृत्ति अनियमितता गरेको गुनासो बढेपछि तातोपानी गाउँपालिकाले प्रत्येक विद्यालयमा पुगेर विद्यार्थीका टाउका गन्न थालेको हो । तातोपानी गाउँपालिकामा वार्षिक परिक्षा चलिरहेको बेला विभिन्न समुह बनाएर विद्यार्थी गणना […] The post अनियमितता रोक्न प्रत्येक विद्यार्थीको ‘टाउका’ गन्दै तातोपानी गाउँपालिका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काँग्रेसले माओवादीबाट खाेस्याे जुम्लाको तातोपानी गाउँपालिका

जुम्लाको तातोपानी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका नन्दप्रसाद चौलागाई निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रको पकड क्षेत्र मानिएको यस गाउँपालिकामा २०७४ सालको चुनावमा माओवादीका नवराज न्यौपानेले भारी मतान्तरले जितेकाे थियो । यसपटक काँग्रेसका चौलागाईंले दुई हजार तीनसय २० मतसहित जित हात पारेका हुन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बीरबहादुर कुँवरले एक हजार ८०६ मत प्राप्त गरे ।उपाध्यक्ष पदमा भने माओवादीले जित निकालेको छ । माओवादीकी रेवती रावल एक हजार ७५८ मत प्

डिजिटल प्रविधिबाट सेवा दिँदै तातोपानी गाउँपालिका

जुम्ला- तातोपानी गाउँपालिकाले आफ्ना सेवा प्रवाहलाई छिटो छरितो र सहज बनाउन डिजिटल प्रविधिबाट सेवा दिन थालेको छ । प्रमुख प्रशासकीय अधिकृत मिलन बढ्थापा आएसँंगै तातोपानीको विकास निर्माण चुस्त पार्नेदेखि सेवा प्रवाहलाई छिटो छरितो र सहज बनाउने प्रयास भएका छन् ।जसअन्तर्गत माघमै योजना सम्झौता सक्नेदेखि डिजिटल गाउँपालिका निर्माणको अवधारणालाई प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले अघि सारेका हुन् […]

जुम्लामा हिउँले कठ्याङ्ग्रिएर महिलाको मृत्यु

जुम्लास्थित तातोपानी गाउँपालिका ८ टोप्ला गाउँकी एक महिलाको हिउँले कठ्याङ्ग्रिएर मृत्यु भएको छ ।

जुम्लाकाे तिला र तातोपानी गाउँपालिका तीन महिनादेखि अन्धकारमा

जुम्ला - गएकाे कात्तिक १ गते आएको बाढी र पहिराेले लघुजलविद्युत् आयोजनामा क्षति पुर्याएपछि जुम्लाका तिला र तातोपानी गाउँपालिकावासी टुकी बालेर बस्न बाध्य छन् ।  बाढी र पहिराेले पाँच लघुजलविद्युत् आयोजनामा पूर्ण क्षति पुर्याउँदा तीन महिनादेखि ती गाउँपालिकाका विभिन्न गाउँमा बिजुली छैन् । स्थानीयवासीले अहिले देवदार वा सल्लोको झरो (दियालो) बालेर काम चलाउँदै आएका छन् ।  स्थानीयले मोबाइल चार्ज गर्न पाएका छैनन् भने विद्युत् नहुँदा कुटानी पिसानी मिल पनि सञ्चालनमा आउन सकेकाे छैन् । तीन महिन...

कर्मचारीमाथि दुर्व्यवहार आरोप, कर्मचारी आन्दोलित, सेवा प्रवाह प्रभावित

तातोपानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालमाथि कार्यकक्षमै दुर्व्यवहार गरिएको भन्दै कर्मचारी आन्दोलित भएपछि सेवा प्रवाह प्रभावित भएको छ । योजनाको भुक्तानीका विषयमा विवाद हुँदा तातोपानी गाउँपालिका उपाध्यक्ष गंगादेवी उपाध्यायका...

तातोपानी–सिंजा जोड्ने थारमारे–दिलौरी सडक समयमै सम्पन्न

जुम्लाको तातोपानी गाउँपालिका र सिंजा गाउँपालिका जोड्ने थारमारे–दिलौरी सडक सडक निर्माण सम्पन्न भएको छ । तातोपानी गाउँपालिका– ५ श्रीनगर थारमारे दिलौरी लेक हुँदै सिंजा गाउँपालिका– ६ भाडगाउँ जोड्ने १५ किलोमिटर सडक...

आर्थिक अनियमितता रोक्दै तातोपानी गाउँपालिका

जुम्ला-स्थानीय नागरिककलाई अल्पकालिन रोजगारी दिन उद्देश्यले १ करोड भन्दा तलका योजनाहरु उपभोक्ता समितिबाटै सञ्चालन गर्ने सरकारी नीति छ । सोही अनुसार स्थानीय तहले लाखौं का योजनाहरु उपभोक्ता समितिमार्फत सञ्चालन गरिरहेका छन् । खरिद नियमावली अनुसार उपभोक्ता समितिबाट सञ्चालन भएका योजनाहरुमा डोजर लगायतका अन्य कुनैपनि हेभी इक्युपमेन्ट प्रयोग गर्न नमिल्ने व्यवस्था छ ।तर, जुम्लामा सबै उपभोक्ता […]