जुम्ला - गएकाे कात्तिक १ गते आएको बाढी र पहिराेले लघुजलविद्युत् आयोजनामा क्षति पुर्याएपछि जुम्लाका तिला र तातोपानी गाउँपालिकावासी टुकी बालेर बस्न बाध्य छन् ।
बाढी र पहिराेले पाँच लघुजलविद्युत् आयोजनामा पूर्ण क्षति पुर्याउँदा तीन महिनादेखि ती गाउँपालिकाका विभिन्न गाउँमा बिजुली छैन् । स्थानीयवासीले अहिले देवदार वा सल्लोको झरो (दियालो) बालेर काम चलाउँदै आएका छन् ।
स्थानीयले मोबाइल चार्ज गर्न पाएका छैनन् भने विद्युत् नहुँदा कुटानी पिसानी मिल पनि सञ्चालनमा आउन सकेकाे छैन् । तीन महिन...