प्रदेश १ मा ज्वरोको औषधिको अभाव

धनकुटा । कोरोना महामारीका बेला प्रदेश १ मा ज्वरोको औषधिको अभाव भएको छ । धनकुटासहित प्रदेशभर एक सातादेखि सिटामोल अभाव भएको नेपाल औषधि व्यवसायी संघ प्रदेश १ ले बताएको छ । सामान्यतया ज्वरो आउँदा र जीउ दुख्दा सेवन गरिने सिटामोल अहिले प्रदेश १ का अधिकांश जिल्लाका औषधि पसलमा पाउन कठिन भएको छ । औषधि पसलहरूले सिटामोल अभाव भएपछि सिटामोलले जस्तै काम गर्ने अन्य औषधि दिने गरेका छन् । देशभर कोरोना संक्रमण तीव्ररूपमा फैलिरहेको छ । कोरोना संक्रमितलाई ज्वरो आउँदा उनीहरूले पनि सिटामोल प्रयोग गर्दछन् । तर फार्मेसीहरूमा सिटामोल नै नपाउँदा कोरोना संक्रमितसहित ज्वरोका अन्य बिरामी मारमा परेका छन् । औषधि किन्न जिल्ला अस्पताल अगाडिको फार्मेसीमा आएकी धनकुटा नगरपालिका–२ की ५५ वर्षीया गीता निरौलाले बजारका अधिकांश औषधि पसलमा खोज्दा पनि सिटामोल नपाएको गुनासो गरिन् । ‘ज्वरो आएर सिटामोल किन्न आएको, यहाँ वरिपरिका कुनै पनि औषधि पसलमा पाइएन,’ उनले भनिन् । धनकुटा अस्पताल अगाडिको साझा स्वास्थ्य सेवामा वैशाख ८ गतेदेखि नै सिटामोल सकिएको काउन्टर इन्चार्ज मदन लामिछानेले बताए । ‘१५ सय ट्याब्लेट आएको थियो, चार दिनमै सकियो,’ उनले भने, ‘सिटामोल तलैबाट आएको छैन, कहिले आउँछ पत्तो छैन ।’ स्थानीय सन्तोष मेडिकलमा पनि करीब २० दिन अघिदेखि नै सिटामोल सकिएको मेडिकलका डा. सत्यनारान यादबले बताए । ‘माग थेग्नै नसक्ने अवस्था छ, साता–दस दिनदेखि सिटामोल आएकै छैन, उपभोक्तालाई कसरी दिनु ?,’ उनले भने । अहिले जिल्लाभरकै औषधि पसलमा सिटामोल पाउन छोडेको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईंले स्वीकार गरे । ‘फार्मेसीहरूले सिटामोल आएको छैन भन्छन्, के कारणले यस्तो भएको थाहै भएन,’ उनले भने । फार्मेसीहरूमा सिटामोल नपाइए पनि सरकारी स्वास्थ्य संस्थामा भने अभाव नरहेको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । नेपाल औषधि व्यवसायी संघ प्रदेश १ समिति उपाध्यक्ष रहेका विराटनगरको एपोलो फार्मेसीका सञ्चालक धनराज काफ्लेले मागका तुलनामा आपूर्ति नबढ्दा अभाव भएको बताए । अहिले दैनिक १० देखि १५ जना उपभोक्ता सिटामोल नपाएर फार्मेसीबाट फर्किने गरेको उनको भनाइ छ । ‘कोरोना संक्रमण दर बढेसँगै सिटामोलको माग बढेको हो । दुई साता अगाडिदेखि सिटामोल खोज्न आउनेहरू धेरै छन्,’ उनले भने, ‘होलसेलमा १०÷१२ दिनदेखि माग गर्दै आएका छौं, आपूर्ति नै छैन ।’ ‘बजार अनुगमन गर्दा पनि अभाव नै देखियो’ बजारमा सिटामोल अभाव भएको जनगुनासो बढेपछि औषधि व्यवस्था विभाग विराटनगरले दुईओटा समूह बनाएर सुनसरी, मोरङ, झापा र इलामका खुद्रा तथा थोक औषधि विक्रेता पसलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा थोक विक्रेताहरूमै सिटामोल अभाव रहेकाले बजारमा अभाव हुनु स्वाभाविक भएको विभागको विराटनगर कार्यालय प्रमुख सञ्जीव शर्मा कट्टेलले बताए । अनुगमनका क्रममा सिटामोलको चरम अभाव, डक्सिसाइक्लिन, एजिथ्रोमाइसिन, भिटामिन सी, स्टेरोइड, जिंक चक्की, मिथाइल टेडमिसोलन र डिग्जामिथासोन पनि अभाव रहेको पाइएको उनले जानकारी दिए । बजारमा सिटामोल लगायत औषधि आपूर्तिका लागि आवश्यक व्यवस्था मिलाइदिन विभागमा पत्राचार गरिसकेको उनले बताए ।

सम्बन्धित सामग्री

प्रदेश १ का प्रदेशसभा सदस्यहरूले लिए सपथ

प्रदेश १ का प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन्। सोमबार प्रदेश १ को प्रदेशसभा भवनमा प्रदेश १ का नव निर्वाचित सांसदहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन्।...

लुम्बिनीद्वारा प्रदेश–१ पराजित

काठमाडौं, १५ मंसिर । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश–१ लाई पराजित गर्दै विजयी भएको छ । आज भएको खेलमा लुम्बिनी प्रदेशले प्रदेश–१ लाई ६ विकेटले पराजित गर्दै विजयी भएको हो । प्रदेश–१ ले दिएको ७० रनको लक्ष्य लुम्बिनीले १६ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीको जितमा […]

प्रदेश १ मा एमाले अगाडि

प्रदेश १ मा नेकपा एमाले पहिलो पार्टी हुने देखिएको छ। प्रदेश १ का २८ प्रतिनिधिसभा निर्वाचन क्षेत्र मध्ये हालसम्म एमालेले दुई वटा निर्वाचन क्षेत्रमा जित निकालिसकेको र ११ स्थानमा अग्रता कायम गरिरहेको छ।...

प्रदेश १ को गन्तव्य

इटहरी । दसैंको अवसर पारेर प्रदेश १ का पर्यटकीय गन्तव्य घुम्ने योजना बनाउँदै हुनुहुन्छ ? प्रदेश १ मा समुद्री सतहको ६८ मिटरमा रहेको झापाको कचनकवलदेखि विश्वकै सर्वोच्च शिखर सगरमाथा ८८४८.४८ मिटर उचाइमा रहेकाले पनि यो प्रदेश घुम्न आकर्षित छ । नेपालमा ८ हजार मिटरभन्दा अग्ला पाँचवटा हिमाल रहेका छन् । तीमध्ये प्रदेश १ मा पाँचवटा […] The post प्रदेश १ को गन्तव्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रदेश १ ले सुधारिएको प्रदर्शन गर्ने

प्रदेश १ खेलाडी उत्पादन हुने प्रदेश हो । फुटबलमा धेरै राम्रा स्टार खेलाडी प्रदेश १ कै छन् । फुटबल मात्र नभएर अन्य खेलका खेलाडी उत्पादनमा प्रदेश १ एक उर्वर भूमि नै मानिन्छ ।...

प्रदेश १ का खेलाडी सम्मानित

२० असार, विराटनगर । प्रदेशबाट अन्र्तराष्ट्रिय प्रतियोगिता सहभागी खेलाडीलाई प्रदेश १ सरकारले सम्मान गरेको छ । प्रदेश १ खेलकुद विकास बोर्डले विभिन्न मितिमा प्रदेश १ बाट ओलम्पिक, एशियाली खेलकुद र दक्षिण एशियाली खेलकुदमा सहभागिता जनाएका १८७ जना खेलाडीलाई सम्मान गरेको हो । विभिन्न समयमा प्रदेश १ बाट ओलम्पिक खेलमा सहभागी ९ जना, एशियन खेलकुदमा सहभागी […]

कृषिमा प्रदेश १ अगाडि

काठमाडौं, असार १३ । कृषि क्षेत्रको समग्र उत्पादनमा प्रदेश १ को योगदान अन्य प्रदेशको तुलनामा बढी रहेको छ । आव २०७८/७९ मा मुलुकको कृषि क्षेत्रको उत्पादनमा प्रदेश १ को योगदान २१ दशमलव ८ प्रतिशत रहेको छ । कृषिमा सबैभन्दा कम योगदान कर्णाली प्रदेशको ५ दशमलव ४ प्रतिशत रहेको नेपाल राष्ट्र बैङ्कले तयार गरेको प्रादेशिक आर्थिक […]

कृषिमा प्रदेश १ अगाडि

कृषि क्षेत्रको समग्र उत्पादनमा प्रदेश १ को योगदान अन्य प्रदेशको तुलनामा बढी रहेको छ । आव २०७८/७९ मा मुलुकको कृषि क्षेत्रको उत्पादनमा प्रदेश १ को योगदान २१ दशमलव ८ प्रतिशत रहेको छ । कृषिमा सबैभन्दा कम योगदान कर्णाली प्रदेशको ५ दशमलव ४ प्रतिशत रहेको नेपाल राष्ट्र बैङ्कले तयार गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन (प्रदेश १) प्रथम अर्धवार्षिक प्रतिवेदन (आव २०७८/७९)मा उल्लेख छ ।कृषि क्षेत्रमा मधेस प्रदेशको १९ प्रतिशत, लुम्बिनी १७ दशमलव ३, बागमतीको १७ दशमलव १ प्रतिशत, सुदूरपश्चिमको ९ दशमलव ८ प्रतिशत

प्रदेश १ मा पनि स्वास्थ्य मन्त्रालय बन्ने

प्रदेश १ मा पनि स्वास्थ्य मन्त्रालय बन्ने भएको छ। प्रदेश प्रदेश १ सरकारले मन्त्रालय विस्तार गर्दै स्वास्थ्य मन्त्रालय पनि बनाउने निर्णय गरेको हो।

प्रदेश–१ को मुख्यमन्त्रीमा भीम आचार्य

प्रदेश–१ को नयाँ मुख्यमन्त्रीमा नेकपा एमाले सचिव भीम आचार्य प्रदेश–१ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।नेकपामा विभाजनपछि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चामा लागेका आचार्य पछिल्लो समय खेमा परिवर्तन गरेसँगै प्रदेश–१ को मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । बिहीबार नै नेकपा एमाले प्रदेश–१ को संसदीय दलको बैठकले संसदीय दलको नेतामा आचार्यलाई चयन गरेको थियो । आचार्यलाई संसदीय […]