व्यासनगरपालिका–१ गल्बुबेसीका रामनाथ मिश्रले पछिल्लो सयम मह र मौरी बिक्री गरेर राम्रो आम्दानी गर्दै आएका छन् । उनले सीप र जाँगर भए धन कमाउन धेरै लगानी र जमिन चाहिदैँन भन्ने गतिलो उदाहरण प्रस्तुत गरेका छन् । सुरुमा तीन घारबाट व्यवसाय थालेका उनले अहिले सेरेना जातका मौरी सहित ९० घार पु–याइसकेका छन् । ‘कम लगानी र थोरै क्षेत्रफलबाट पनि मनग्य कमाउन सकिन्छ’ भन्ने सपना बोकेर अघि बढेका उनले ‘दामसँगै नाम ’ पनि कमाउन सफल बनेका हुन् । साढे दुई आनाको बनेको घरको छ