पाँच दिनदेखि उठेन फोहोर, सरकार लाचार

सरकारले काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसकेका कारण पाँच दिनदेखि फेरि उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध सिर्जना भएको छ। ठेकेदारले मुद्ध-तीनपिप्ले खण्डको बाटो कालोपत्रे नगरेका कारण स्थानीयले फोहोर व्यवस्थापन ठप्प पारेका हुन्। पाँच दिनदेखि फोहोर उठ्न नसकेपछि हिजो मंगलबार र्‍यापिड एक्सन टास्क फोर्सको बैठक बसेको थियो। काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत लोकनाथ पौडेल संयोजक रहेको टास्क फोर्सको बैठकले तत्काल स्थानीयको माग सम्बोधन गर्न ठेकेदारलाई कालोपत्रे गर्न निर्देशन दिने निर्णय गर

सम्बन्धित सामग्री

अर्थतन्त्र उकास्न सरकार अलमलियो : पूर्वअर्थमन्त्री खतिवडा

विराटनगर। मुलुकको अर्थतन्त्र उकास्न सरकार अलमलिएको, तर अर्थतन्त्र संकटमा भने नरहेको पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । अर्थतन्त्र संकटउन्मुख भए पनि अहिलेको अवस्थाभन्दा तल नजाने उनको भनाइ छ । सूचकांकहरू सकारात्मक देखिएकाले अर्थतन्त्र संकटमा छ भन्न नमिल्ने उनले बताए । आइतवार मोरङ व्यापार संघको नवौं शृखंलाको ‘बिज टक’मा खतिवडाले व्यवसायी, उद्योगी र व्यापारीको मनोबल खस्कनुमा एउटा मात्रै कारण नभएको बताए । यद्यपि एउटा महत्त्वपूर्ण कारण भने लागत बढ्नु रहेको उनको भनाइ छ । निर्यातमूलक उद्योगको स्थापना गरेर व्यापार घाटामा सन्तुलन कायम गर्नुपर्ने सुझाव उनले दिए । करको नीति र मौद्रिक नीतिमार्फत पनि धेरै समस्या समाधान गर्न सकिने उनले बताए । ब्याजदरमा धेरै तलमाथि गर्दा आउने समस्याका बारेमा बैंकहरू र केन्द्रीय बैंकले पनि धेरै कुरा सिकेकाले अब त्यस किसिमको गल्ती नदोहोरिने अपेक्षा उनले गरे । ‘सरकारले कित्ताकाट रोकेपछि घरजग्गामा लगानी घट्यो, घरजग्गामा लगानी घटेपछि त्यसले निर्माण क्षेत्रमा असर गर्‍यो । निर्माणमूलक उद्योगको उत्पादनमा त्यसले असर गर्‍यो, उत्पादन घट्यो । बैंकहरूले लगानी नगर्दा उधारोमा दिएको सामग्रीको रकम उठेन, होलसेलरले उद्योगलाई रकम दिन सकेन, यो एउटा शृंखलामा समस्या आएकै हो,’ पूर्वअर्थमन्त्री खतिवडाले भने, ‘बैंकहरूले हौसिएर लगानी गरेकाले पनि समस्या आएको हो ।’ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वरक्षामन्त्री मीनेन्द्र रिजालले ३० वर्षको समग्र मुलुकको उपलब्धिको मूल्यांकन गर्दा मुलुकमा परिवर्तन भएको महसूस हुने बताए । यद्यपि नेपालको शासन प्रणाली ८–९ वर्षदेखि सही ढंगले चल्न नसकेको टिप्पणी उनले गरे । अर्थतन्त्र चलायमान बनाउन विगतका गल्तीहरू दोहोरिन दिन नहुने उनले बताए । कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बैंकको चर्काे ब्याजदर, बजारमा मागमा आएको कमी, निजीक्षेत्रप्रति सरकारको दृष्टिकोण सकारात्मक नहुनु र औद्योगिक वातावरण नबन्नुले निजीक्षेत्रको मनोबल खस्किएको बताए । सरकारले अथतन्त्र सुधार्न दीर्घकालीन नीति लिएर अघि बढ्नुपर्नेमा उनले जोड दिए । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले सरकारको आर्थिक सुशासन कायम नभएको औंल्याए । निजीक्षेत्रको ढाड सेक्ने १९ ओटा कानून रहेकाले सरकारले त्यस्ता कानून खारेज गरी निजीक्षेत्रले निर्बाध लगानी गर्ने वातावरण बनाउनुपर्ने धारणा उनले राखे ।

नयाँ आर्थिक वर्षको पहिलो महिनामै उठेन लक्ष्य अनुसार राजस्व

१ भदौ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै सरकार लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएको छ । साउन महिनामा सरकारले ४९ अर्ब रुपैयाँ आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको थियो । संकलन भने ४० अर्ब ३४ करोड रुपैयाँ मात्र भएको छ । यो लक्ष्यको ८२.३३ प्रतिशत मात्र हो । भन्सारतर्फ सरकारले साउनमा ३९ अर्ब […]

नेताले सिध्याएका सरकारी कलकारखाना— उदयपुर र हेटौंडा सिमेन्ट

काठमाडौं– गएको मंसिरमा आयात बढेर छोटो समयमै साढे दुई अर्ब अमेरिकी डलर सञ्चितीबाट घट्दा सरकार नै आत्तियो । केही वस्तुको आयातमा प्रतिबन्ध लगाइयो, जसको सिधा असर भन्सार राजस्वमा पर्‍यो र यो वर्षको चैत मसान्तसम्म तीन खर्ब रुपैयाँ राजस्व उठेन । सरकारले कर्मचारीलाई तलब खुवाउन सकेन । विदेशी मुद्रा सञ्चिती घट्दै जाँदा नेपाल...

प्रतिनिधिसभा विघटन मध्यराति किन भयो ? महान्यायाधिवक्ताको यस्तो जवाफ

प्रतिनिधिसभा विघटनको निर्णय मध्यराति भएको भन्दै सर्वाेच्च अदालतमा प्रश्न उठेपछि महान्यायाधिवक्ता रमेश वडालले राष्ट्रपति कार्यालय रातदिन जतिबेला पनि खुला रहने जवाफ दिएका छन् । सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी बहसमा महान्यायाधिवक्ता वडालले राष्ट्रपति कार्यालय कतिबेला खुल्ने र कतिबेला बन्द हुने कुनै समय निर्धारण नभएको बताए । ‘सरकार दिनरात जागा हुन्छ । आवश्यक पर्दा निजामती कर्मचारीले २४ घण्टै सेवा गर्नुपर्छ,’ उनले भने, ‘२०७८ वैशाख ३० गते राति ९ बजेसम्म सरकार गठनको समय दिँदा कुनै प्रश्न उठेन । संसद ...

लक्ष्य अनुसार राजस्व उठेन

चालु आर्थिक वर्ष ०७६/०७७ को बजेट कार्यान्वयनमा सरकार असफल भएको छ। राजनैतिक भागवण्डाका कारण बजेट कार्यान्वयन गर्न असफल सरकारले विभिन्न कारण देखाउँदै बजेट खर्च र साजस्व असुली लक्ष्य अनुसार गर्न नसकेकोमा चालु आवमा पनि सोही परम्परा दोहरिएको छ।

फोहोर अझै उठेन, ‘उठाउँदिन भन्नु राम्रो होइन’

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फोहोर व्यवस्थापनमा काठमाडौँ महानगरपालिका जिम्मेवार हुनुपर्ने बताउनुभएको छ। मङ्गलबार बसेको मन्त्रीपरिषद्को बैठकका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले यस विषयमा सरकार गम्भीर रहेको र सहरी विकास मन्त्रालयले पनि त्यसका लागि सहजीकरण गरिरहेको बताउनुभयो।