प्रतिनिधिसभा विघटनको निर्णय मध्यराति भएको भन्दै सर्वाेच्च अदालतमा प्रश्न उठेपछि महान्यायाधिवक्ता रमेश वडालले राष्ट्रपति कार्यालय रातदिन जतिबेला पनि खुला रहने जवाफ दिएका छन् ।
सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी बहसमा महान्यायाधिवक्ता वडालले राष्ट्रपति कार्यालय कतिबेला खुल्ने र कतिबेला बन्द हुने कुनै समय निर्धारण नभएको बताए ।
‘सरकार दिनरात जागा हुन्छ । आवश्यक पर्दा निजामती कर्मचारीले २४ घण्टै सेवा गर्नुपर्छ,’ उनले भने, ‘२०७८ वैशाख ३० गते राति ९ बजेसम्म सरकार गठनको समय दिँदा कुनै प्रश्न उठेन । संसद ...