नेपाल इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, जेठ ४ गते विशेष साधारण सभाबाट पारित गर्ने

नेपाल इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, जेठ ४ गते विशेष साधारण सभाबाट पारित गर्ने

सम्बन्धित सामग्री

तेह्रथुम पावरले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । असार १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी रू. ४० करोड छ । शत प्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी रू. ८० करोड पुग्नेछ । हकप्रद विक्रीबाट संकलन भएको रकम कम्पनीद्वारा प्रवर्द्धित क्यासकेट परियोजनाको रूपमा रहेको २ मेगावाट क्षमताको खोरुङ्गा ताङ्गमाया खोला जलविद्युत आयोजना निर्माण र अन्य लाभदायक हाइड्रोपावर कम्पनीमा लगानी गर्ने जानकारी कम्पनीले दिएको छ । प्रस्तावित हकप्रद शेयर कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएपछि नियामक निकायहरूले स्वीकृति दिएमा मात्र निष्कासनमा आउनेछ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले रू. ९ करोड ६८ लाखभन्दा बढी विद्युत विक्री आम्दानी गरेको छ । यो अवधिसम्म कम्पनी रू. २ करोड ७८ लाखभन्दा बढी खुद नोक्सानीमा छ ।

हकप्रद शेयर निष्कासन गर्न अपि पावर कम्पनीलाई नियमन आयोगको स्वीकृति

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय विद्युत् नियमन आयोगबाट स्वीकृति पाएको छ । कम्पनीले ७ दशमलव ५ प्रतिशत बोनस शेयर वितरणपछि कायम हुने चुक्तापूँजीको आधारमा ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न फागुन २६ गते आयोगको स्वीकृतिपत्र पाएको हो । अब कम्पनीले हकप्रद शेयर निष्कासन गर्न वार्षिक साधारण सभाबाट पारित गरेर नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिनेछ । सेबोनको स्वीकृतिपछि मात्रै कम्पनीले रू. १ सय अंकित दरको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।

अपि पावरले हकप्रद शेयर निष्कासन गर्ने, विद्युत नियमन आयोगबाट स्वीकृती पायो

काठमाडौं । विद्युत नियमन आयोगले अपि पावर कम्पनी लिमिटेडलाई हकप्रद शेयर निष्कासन गर्न स्वीकृती प्रदान गरेको छ । कम्पनीलाई बोनस शेयर वितरण पछि कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न माघ १२ गतेको पत्र मार्फत स्वीकृती प्रदान गरेको हो ।  अब कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव वार्षिक साधारण सभाबाट पारित गराउनुपर्नेछ । दोस्रो चरणमा भने धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग पनि स्वीकृति लिनुपर्नेछ ।  यी सबै प्रक्रिया पूरा गरेर शेयरधनीहरूमा १ बराबर शून्य दशमलव ४० को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय कम्पनीले गरेको छ । प्रस्तावित ७ दशमलव ५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब १३ करोडभन्दा माथि पुग्नेछ । सोही पूँजीको आधारमा कम्पनीले ४० प्रतिशत दरका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर जारी गर्नेछ ।

बरुण हाइड्रोपावरले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

पुस ८, काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले पुस २९ गते साधारण सभा गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय अनामनगर, काठमाडौंमा बिहान १० बजे शुरु गर्ने जानकारी गराएको हो । सभाले सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १६ गते बुक क्लोज गर्ने जानकारी गराएको छ । यस आधारमा पुस १५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।   कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि विक्री प्रबन्धकमा आरबिबि मर्चेण्टलाई नियुक्त गरिसकेको छ । हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएर आवश्यक प्रक्रिया पूरा गरेर विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र निष्कासन गर्नेछ ।