नेपाल जोखिमपूर्ण सूचीमा परेमा कस्तो असर हुन्छ ?

नेपाल सम्पत्ति शुद्धीकरणको मामिलामा जोखिमपूर्ण मुलुकमा सूचीकृत भयो भने धेरै दृष्टिकोणबाट असर पर्छ । पहिलो, नेपालमा आउने वैदेशिक सहायता र अनुदानहरु प्रत्यक्ष रुपमा प्रभावित हुन्छ । दोस्रो, नेपालमा भित्रिने वैदेशिक लगानीकर्ताहरु निरुत्साहित हुन्छन् । तेस्रो, नेपालको पासपोर्ट कमजोर बन्छ र अरु मुलुकहरुले शंकाको नजरमा हेर्छन । हामीलाई भिसा दिने मामिलामा पनि कतिपय मुलुकहरुले आफ्नो नीति […]

सम्बन्धित सामग्री

जलवायुु परिवर्तनको असर हिमालमा धेरै : मन्त्री आलेमगर

गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितबहादुर आलेमगरले जलवायुु परिवर्तनको असर हिमाललाई परेको बताउनुुभएको छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा नेपाल पर्वतारोहण सङ्घद्वारा आयोजित आठौँ पर्वतीय महोत्सवको समापन समारोहमा उहाँले नेपालको परिचय नै हिमालसँग जोडिएको र जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रमा परिरहेको बताउनुुभयो । जलवायु परिवर्तनमा नेपालको दोष नभए पनि त्यसको प्रतिकूलताको असर भोग्नुपरेको उल्लेख …

भारतसँग १० लाख टन धान किन्न सके असर पर्दैन : अध्यक्ष दुगड

काठमाडौँ : नेपाल चामल, तेल, दाल उद्योग संघको अध्यक्ष कुमुदकुमार दुगडले नेपाल सरकारले भारत सरकारसँग धान खरिद गर्नसके चामल प्रतिबन्धको असर नपर्ने बताएका छन्।संघका अध्यक्ष दुगडले भारतले चामल निकासीमा प्रतिबन्ध लगाए पनि नेपालमा धान निर्यात खुला रहेकाले नेपाल सरकारले भारत सरकारसँग पहल गरी धान खरिद गर्नसके चामल प्रतिबन्धको असर नपर्ने बताएका हुन्।अध्यक्ष दुगडले भारतले विश्वभर चामल निकासीमा प्रतिबन्ध लगाएकाले त्यसको असर नेपालमा पनि पर्ने बताए। उनले चामल आयातको प्रतिबन्धले पर्ने असर कम गर्न सरकारले भारत

बारले अदालती कामलाई असर नपर्ने गरी विरोध गर्ने

नेपाल बार एसोसिएसनले अदालतभित्रै कर्मचारी कुटेको आरोपमा कानुन व्यवसायीलाई पक्राउ गरिएको विरोधमा मङ्गलबार अदालतको कामलाई असर नपर्ने गरी विरोध गर्ने भएको छ।...

‘अर्थतन्त्रलाई असर नपर्ने गरी ब्याजदर वृद्धि’

नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बजार र अर्थतन्त्रलाई असर नपर्ने गरी पूर्व जानकारी दिएर बैंकहरुले ब्याज बढाएको दाबी गरेका छन् । मंगलवार उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बैंक तथा वित्तीय समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।उनले बैंक तथा वित्तिय बजार र अर्थतन्त्रलाई असर नगर्ने गरि पूर्व जानकारी दिएर व्यवसायीहरुलाई तत्काल असर नगर्ने गरी सोचेर मात्रै निर्णय गरेको बताए । अध्यक्ष उपाध्यायले बैंकले बजारमा तरलता लगायतका समस्याका बीच दुई पटक

सर्वोच्च अदालतको आदेशले खेलकुदमा दीर्घकालीन असर

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सर्वोच्च अदालतको आदेशले खेलकुदमा दीर्घकालीन असर गरेको बताएका छन् ।नेपाल ओलम्पिक कमिटी (एनओसी) को साधारण सभाको मंगलबार उद्घाटन गर्दै गहतराजले अदालतबाट अल्पकालिन आदेश आएपछि खेलकुदमा दीर्घकालीन असर गरेको आंैल्याएका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवको विषयमा सर्वोच्च अदालतको आदेशले खेलकुदमा दुर्भाग्यपूर्ण अवस्थामा पुगेको बताएका हुन् ।मन्त्री […]

इन्धनको मूल्यवृद्धिविरुद्ध गरिएको नेपाल बन्दको उपत्यकामा आंशिक असर

उपत्यकामा सार्वजनिक यातायात र शैक्षिक क्षेत्रमा प्रभाव परे पनि बजार र निजी सवारीमा भने खाशै असर देखिएको छैन । उपत्यकामा विहान सार्वजनिक सवारी साधनहरू न्युन मात्रामा चल्दा विहानको समयमा घर बाहिर निस्कनेहरुले भने सास्ती भोग्नु परेको छ ।

नेपाल बन्दको असर : सार्वजनिक सवारी न्यून, बन्दकर्ताहरु पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दको असर देशका विभिन्न भागमा परेको छ । राजधानीमा बन्दका कारण सार्वजनिक यातायात काम मात्रै चलेका छन् । सार्वजनिक गाडीहरू कममात्र चल्दा काम विशेषले आज बिहानै गन्तव्यमा जान चाहनेहरुले सास्ती पाएका छन् । विशेष गरी लामो यात्रा गरेर बिहानै काठमाडौं उपत्यकामा भित्रिएका यात्रुहरू सार्वजनिक गाडी नपाउँदा अलपत्र …

भारी वर्षाको असर (फोटोफिचर)

रुकुम, ४ कात्तिक । भारी वर्षाको असर रुकुममा पनि परेको छ । नदीनालाको बहाव ह्वात्तै बढेको छ । धानबालीमा असर परेको छ । काटेर राखेका धानका बाला पानीमा डुबेका छन् । तस्बिरः रिपोर्टर्स नेपाल

कर्णालीमा एमाले विभाजनको असर

नेकपा एमाले विभाजनसँगै त्यसको असर कर्णाली प्रदेश सभासँगै तल्लो तहसम्म देखिएको छ। कर्णालीलाई तत्कालीन नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको प्रभाव क्षेत्रको रूपमा हेर्ने गरिन्थ्यो। कर्णालीका १० जिल्लामध्ये सात जिल्लाका अध्यक्ष नेपाल समूहमा थिए। नेपाल...

बंगालको खाडीबाट धेरै शक्तिशाली चक्रवातको असर नेपाल पुग्दै, सतर्कता अपनाउन अनुरोध

हाल पूर्वीमध्य बंगालको खाडीमा रहेको शक्तिशाली चक्रवात यास् उत्तरपश्चिम सर्दै केही दिनमा नेपाल पुग्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा जनाएको छ । नेपाली भूभागमा समेत शक्तिशाली चक्रवातको असर देखिने भएकाले सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ । महाशाखाले मंगलवार विशेष मौसम बुलेटिन जारी गर्दै भनेको छ, ‘हाल पूर्वीमध्य बंगालको खाडीमा रहेको शक्तिशाली चक्रवात यास् उत्तरपश्चिम सर्ने क्रममा मंगलवार बेलुका सम्ममा (जेठ ११) धेरै शक्तिशाली चक्रवातमा परिणत हुने देखिन्छ । चक्रवातको असर आउँदा केही द...