फरार दुई अभियुक्त पक्राउ

लागुऔषध र अपहरण तथा शरीर बन्धक मुद्दाका फरार दुई अभियुक्त आज पक्राउ परेका छन् । छुट्टाछुट्टै घटनाको कसुरमा पक्राउ परेका फरार अभियुक्तलाई आज अदालतको आदेशअनुसार कैद भुक्तानका लागि राजविराज कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सप्तरी प्रहरीकाअनुसार महादेवा गाउँपालिका–५ का गजेन्द्रप्रसाद यादवको जाहेरीले सोही ठाउँका २१ वर्षीय अमृत भनिने नरेन्द्र यादवलाई अपहरण तथा शरीर बन्धकको कसुरमा पक्राउ गरिएको हो ।उनलाई अदालतले ६ वर्ष कैद र रु २५ हजार जरिवाना ठहर गरेको छ । फरार याद

सम्बन्धित सामग्री

किशोरीलाई करणी गरी फरार अभियुक्त पक्राउ

काठमाडौँ – गुल्मीमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका एक अभियुक्त पक्राउ परेका छन्। करणी गरी फरार रहेका गुल्मीको छत्रकोट गाउँपालिका ६ का ४३ वर्षीय उमबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो। उनी गत फागुन २ गते दौघामा रहेको स्थानीय लक्ष्मी नेपालीको गोठमा १८ वर्षीया किशोरीलाई जबरबस्ती करणी गरी फरार थिए। नेपालीलाई वैशाख १३ […]

६ महिनामा ११ सय ६८ फरार अभियुक्त पक्राउ

चालू आर्थिक वर्षको ६ महिनामा प्रदेश १ मा ११ सय ६८ जना फरार अभियुक्त पक्राउ परेका छन् । विभिन्न जिल्ला अदालतबाट कैद र जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरू साउनदेखि...

नौ दिनमा १२ जना फरार अभियुक्त पक्राउ

डडेल्धुरा– डडेल्धुरामा विभिन्न मुद्दाका फरार अभियुक्त धमाधम पक्राउ परिरहेका छन् । अदालतको अन्तिम फैसलाले सजाए सुनाएका १२ जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको सक्रियताले नौ दिनमा १२ जना अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । प्रहरीको सक्रियतामा फरार अभियुक्त पक्राउ गर्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी […]

जन्मकैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ

कर्तव्य ज्यानमुद्दामा सर्वस्वसहित जन्मकैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ परेका छन्।

बैंकिङ कसुर मुद्दाका एक फरार अभियुक्त पक्राउ

निक्षेपकर्ताको २७ लाख रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ पुर्जी जारी भएका  एक फरार अभियुक्त पक्राउ परेका छन्। बैङकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगरबाट पक्राउ पुर्जी जारी भएका ईलाम  जिर्मले स्थायी...

फरार अभियुक्त पक्राउ गरी साढे ४८ करोडभन्दा बढी राजश्व असुली

काठमाडौं।नेपाल प्रहरीले विभिन्न मुद्दाका फरार अभियुक्तहरु पक्राउ गरी एक वर्षको अवधिमा ४८करोड६०लाख ५५हजार४३५ रुपैयाँ राजस्व तथा बिगो संकलन गरेको छ।गत आर्थिक वर्ष २०७७/७८ मा ७ हजार ३९० जना फरार अभियुक्त पक्राउ गरी उक्त रकम संकलन गरिएको प्रहरीले जनाएको छ।अघिल्लो आर्थिक वर्षमा प्रहरीले २ हजार ३३२ जना फरार अभियुक्त पक्राउ गरी ३८करोड८९लाख ७४हजार३० रुपैयाँ राजस्व तथा बिगो संकलन गरेको थियो।

बर्दियामा चार महिना ९० फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय बर्दियाले चार महिनामा ९० फरार अभियुक्त पक्राउ गरेको छ । साथै झण्डै २२ लाख जरिवाना असुली गरिएको छ ।  प्रहरी उपरीक्षक ईश्वर कार्कीले बर्दियाको कमाण्ड सम्हालेको चार महिना पुगेको छ । यो अवधिमा ९० फरार अभियुक्त पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।  यसैबीच २०७१ सालमा सवारी ज्यान मुद्दामा एक दिन कैद फैसला सुनाइएका ४५ वर्षीय बलबहादुर थापा क्षेत्रीलाई पक्राउ गरिएको छ ।

कर्णालीमा सात फरार अभियुक्त पक्राउ

कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका विभिन्न जिल्ला प्रहरी कार्यालयद्वारा सात फरार अभियुक्त पक्राउ गरिएको बताइएको छ । फरार अभियक्त पक्राउ अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेतले लेनदेन मुद्दाका एक र सार्वजनिक मुद्दाका तीन अभियुक्त पक्राउ गरेको छ ।त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाबाट वन मुद्दाको एक र कर्तव्य ज्यान मुद्दाका दुई फरार अभियुक्तलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक धुर्वप्रसाद श्रेष्ठले जानकारी दिए ।