काठमाण्डाै - १९ वर्षमुनिको पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधि जितेको हो ।
लुम्बिनीले दिएको ९३ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले २१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । सुदूरपश्चिमका लागि गजेन्द्र बोहराले नटआउट ३९, दीपक बोहराले २५ र अनुराग सिंहले २२ रन बनाए ।
बलिङतर्फ लुम्बिनीका रमेश कुर्मीले २ तथा निर्मल गुरुङ र अभिषेक गौतमले एक/एक विकेट लिए । यसअघि पहिले ब्याटिङ...