नेपाल र चीन जोड्ने रसुवागढी नाका तथा आसपासको क्षेत्रमा सञ्चालनमा रहेका होटलले उपभोक्तालाई कुहिएको मासु बिक्री गर्ने गरेको भेटिएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले शुक्रबार गरेको बजार अनुगमनको क्रममा सो क्षेत्रका होटलमा भेटिएको कुहेको मासु एवं अखाद्य पदार्थ बरामद गरी नष्ट गरिएको हो।