गणतन्त्र दिवसको अवसरमा ८३४ जनाको कैद सजाय मिनाहा

सरकारले गणतन्त्र दिवसको अवसरमा विभिन्न अपराधमा कैद जीवन बिताइरहेका ८ सय ३४ जनाको कैद सजाय माफी मिनाहा भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्ग श्रेङ लिम्बु समेत २७१ जना र नरबहादुर साँवा समेत ५४७ जनाको बाँकी कैद सजाय १५ जेठ २०७९ देखि माफी मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । यस्तै संविधानको धारा …

सम्बन्धित सामग्री

८ सय ३४ कैदीको सजाय मिनाहा

काठमाडौँ । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८३४ जना कैदीको कैद सजाय माफ गरेकी छन्। मन्त्रिपरिषद्को जेठ १० र १३ गतेको सिफारिसमा गणतन्त्र दिवस, २०७९ को अवसरमा ती कैदीको सजाय माफी गरिएको हो । राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसमेतका २७१ जना […] The post ८ सय ३४ कैदीको सजाय मिनाहा appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ८३४ जना कैदीको कैद सजाय मिनाहा

राष्ट्रपति विद्यादेवी भण्डारीले ८३४ जना कैदीको कैद सजाय मिनाहा गरेकी छिन्  । मन्त्रिपरिषद्को बैठकको सिफारिसको अवसरमा उनले ति कैदीहरुको कैद सजाय मिनाहा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।राष्ट्रपति कार्यालयका अनुसार  नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरूसमेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसमेतका २७१ (दुई सय एकहत्तर) जना र नरबहादुर साँवासमेतका ५४७ गरी कुल जम्मा ८१८ जना कैदीहरूको बाँकी कैद सजाय नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/२/१० को बैठकको सिफारिसमा मिति २०७९/२/१५ गते देखि लागू हुने गरी गणतन्त्र दिवस, २०७९ को अवसरमा माफी मिनाहा भएको छ ।त्यस्तै नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/२/१३ को बैठकको सिफारिसमा उमाकान्त पराजुलीसमेतका १६ जना कैदीहरूको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद सजाय गणतन्त्र दिवस, २०७९ को अवसरमा माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीद्वारा ८ सय ३४ कैदीको सजाय मिनाहा

काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८ सय ३४ जना कैदीको कैद सजाय मिनाहा गर्नुभएको छ । गणतन्त्र दिवसका अवसरमा ती कैदीको सजाय माफी गरिएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसहित २ सय ७१ जना र नरबहादुर साँवासहित ५ सय ४७ तथा उमाकान्त पराजुलीसहित १६ जनालाई यही जेठ १५ गतेदेखि कैद माफी मिनाहा भएको राष्ट्रपति कार्यालयले जनाएको छ । गणतन्त्र दिवस–२०७९ भोलि&...

८३४ कैदीको सजाय मिनाहा

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८३४ जना कैदीको कैद सजाय माफ गर्नुभएको छ । मन्त्रिपरिषद्को जेठ १० र १३ गतेको सिफारिसमा गणतन्त्र दिवस, २०७९ को अवसरमा ती कैदीको सजाय माफी गरिएको हो ।

राष्ट्रपतिद्वारा ८३४ कैदीको सजाय मिनाहा

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८३४ जना कैदीको कैद सजाय माफ गरेकी छन् । गणतन्त्र दिवस, अवसरमा ती कैदीको सजाय माफी गरिएको हो।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसमेतका २७१ जना र नरबहादुर साँवासमेतका ५४७ तथा उमाकान्त पराजुलीसमेतका १६ जनालाई २०७९ जेठ १५ गतेदेखि माफी मिनाहा गरेकी छन् ।

गणतन्त्र दिवस : ८१८ कैदीको बाँकी सजाय मिनाहा

काठमाडौं । सरकारले ८१८ जना कैदीको बाँकी कैद सजाय मिनाहा गरेको छ ।  गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा उनीहरूको कैद सजाय मिनाहा गरेकी हुन् ।  सर्वोच्च अदालतको आदेशहरूसमेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसहित २७१ जना र नरबहादुर साँवासमेतका ५४७ गरी कुल जम्मा...