काठमाडौं : नेपालको शहरी क्षेत्रको जनसंख्या ६६.०८ प्रतिशत पुगेको छ।शहरी विकास मन्त्रालयका सहसचिव रामचन्द्र दंगालले जनगणना २०७८ को प्रारम्भिक तथ्यांकअनुसार शहरी क्षेत्रमा बसोवास गर्नेको जनसंख्या २०६८ को जनगणनाको परिणामभन्दा बढेको जानकारी दिए। २०६८ सालमा शहरी क्षेत्रको जनसंख्या ६३.१९ प्रतिशत थियो। त्यस वेला ग्रामीण भेगको जनसंख्या ३६.८१ प्रतिशत थियो । संयुक्त राष्ट्रसंघीय मानव बसोवास कार्यक्रम (यूएन ह्याबिट्याट) ले यसै महिना प्रकाशित गरेको विश्व शहरी प्रतिवेदन २०२२ मा उल्लेख भए अनुसार