शहरी जनसंख्या ६६.०८ प्रतिशत पुग्यो

केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजानिक गरेको जनगणना २०७८ काे प्रारम्भिक विवरणअनुसार शहरी जनसंख्या ६६.०८ प्रतिशत रहेकाे छ ।

सम्बन्धित सामग्री

सहरमा २७ प्रतिशत मात्रै जनसंख्या

काठमाडौं । नेपालका अधिकांश जनता गाउँबाट सहरतिर बसाइँसराइ गरेको भने तापनि तथ्यांकले भने वास्तविक सहरी क्षेत्रमा बसोबास गर्ने जनसंख्या २७ प्रतिशत मात्र रहेको देखाएको छ । वास्तविक सहर अर्थात् सहरी केन्द्रमा बस्नेको संख्या १६ दशमलव ८४ प्रतिशत, घना सहरी क्षेत्रमा ६ दशमलव ८१ प्रतिशत र अर्धघना क्षेत्रमा ३ दशमलव ४१ बस्ने गरेको पाइएको छ । […] The post सहरमा २७ प्रतिशत मात्रै जनसंख्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ग्रामीण क्षेत्रको जनसंख्या घट्दै, शहरमा व्यवस्थापन गर्न समस्या

ग्रामीण क्षेत्रको जनसंख्या ३३.१९ प्रतिशत रहेको छ भने शहरी क्षेत्रको जनसंख्या २७.०७  प्रतिशत रहेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको २०७८ को जनगणनाअनुसार ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरणको प्रतिवेदनअनुसार शहरोन्मुख क्षेत्रमा बसोबास गर्ने जनसंख्या ३९.७५ प्रतिशत रहेको  छ।

नेपालको शहरी क्षेत्रको जनसंख्या ६६.०८ प्रतिशत

काठमाडौं : नेपालको शहरी क्षेत्रको जनसंख्या ६६.०८ प्रतिशत पुगेको छ।शहरी विकास मन्त्रालयका सहसचिव रामचन्द्र दंगालले जनगणना २०७८ को प्रारम्भिक तथ्यांकअनुसार शहरी क्षेत्रमा बसोवास गर्नेको जनसंख्या २०६८ को जनगणनाको परिणामभन्दा बढेको जानकारी दिए। २०६८ सालमा शहरी क्षेत्रको जनसंख्या ६३.१९ प्रतिशत थियो। त्यस वेला ग्रामीण भेगको जनसंख्या ३६.८१ प्रतिशत थियो । संयुक्त राष्ट्रसंघीय मानव बसोवास कार्यक्रम (यूएन ह्याबिट्याट) ले यसै महिना प्रकाशित गरेको विश्व शहरी प्रतिवेदन २०२२ मा उल्लेख भए अनुसार

देशमा महिलाको जनसंख्या ५१ प्रतिशत, चुनावमा मनोनयन ९ प्रतिशत

जनसंख्या र मतदाता संख्या दुवैमा महिलाहरुको आधाभन्दा बढी संख्या भए पनि उम्मेदवारीमा त्यो प्रतिविम्बित छैन । आधा आकाश ढाक्ने महिलाको ९ प्रतिशत मात्रै उम्मेदवारी छ ।

३९ प्रतिशत जनसंख्या बीमाको पहुँचमा

१६ असोज, काठमाडौं । नेपालमा ३९.०६ प्रतिशत जनसंख्या बीमाको पहुँचमा आएको पाइएको छ । अर्थ मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथ्यांक प्रतिवेदन अनुसार म्यादी र लघुम्यादी बीमालेख समेत गरी कुल ३९.०६ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको हो । २०७८ असार मसान्तसम्म २५.२३ प्रतिशत जनसंख्यामा बीमाको पहुँच बिस्तार भएको हो । वैदेशिक रोजगार बीमालेखसहितको तथ्यांक […]

जुम्लाको जनसंख्या वृद्धिदर शून्य दशमलव ८८ प्रतिशत

जुम्ला : जुम्लाको वार्षिक जनसंख्या वृद्धिदर शून्य दशमलव ८८ प्रतिशत रहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार जुम्लाको जनसंख्या एक लाख १९ हजार ३७७ रहेको छ।२०६८ को जनगणनाअनुसार  जुम्लाको जनसंख्या एक लाख ८ हजार ९२१ थियो। १० वर्षको अन्तरमा जुम्लाको जनसंख्या १० हजार ४५६ मात्रै वृद्धि भएको छ।यहाँ एक नगरपालिका र ७ गाउँपालिका छन्। ८ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी जनसंख्या चन्दननाथ नगरपालिकाको रहेको छ भने सबैभन्दा कम जनसंख्या गुठीचौर गाउँपालिकाको रहेको राष्ट्रिय जनगणना २०७८ मा उल्लेख गरिएको छ।चन्दननाथ

जुम्लाको जनसंख्या वृद्धिदर ०.८८ प्रतिशत

जुम्लाको वार्षिक जनसंख्या वृद्धिदर ०.८८ प्रतिशत रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार जुम्लाको जनसंख्या एक लाख १९ हजार ३७७ रहेको छ । २०६८ मा जुम्लाको जनसंख्या एक लाख ८ हजार ९२१ जना रहेको थियो । १० वर्ष अन्तरमा जुम्लाको जनसंख्या १० हजार ४ सय ५६ मात्रै वृद्धि भएको छ । जुम्लामा एक नगरपालिका र सात गाउँपालिका छन् । आठ स्थानीय तहमध्ये सबैभन्दा बढी जनसंख्या चन्दननाथ नगरपालिकाको रहेको छ । जिल्लामा सबैभन्दा कम जनसंख्या गुठीचौर गाउँपालिकाको रहेको राष्ट्रिय जनगणना २०७८ मा उल्लेख छ । चन्दननाथ नगर

सहरी जनसंख्या ६६.०८ पुग्यो, यस्तो छ गाउँ–सहरको जनसंख्या विवरण

नेपालको सहरी जनसंख्या ६६.०८ प्रतिशत पुगेको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको जनसंख्याको प्रारम्भिक विवरणअनुसार शहरी जनसंख्या ६६.०८ र ग्रामिण जनसंख्या  ३३.९२ प्रतिशत कायम भएको हो । विभागका अनुसार नेपाल सरकारबाट घोषित २९३ वटा नगरपालिकामा रहेको जनसंख्यालाई शहरी क्षेत्रको जनसंख्या र सो बाहेकको ४६० गाउँपालिकामा रहेको जनसंख्यालाई ग्रामीण क्षेत्रको जनसंख्या मानी ग्रामीण तथा शहरी जनसंख्याको तालिकीकरण गरिएको गरिएको हो ।  २०६८ सालको जनगणनाको समयमा ५८ वटा मात्र नगरपालिका रहेकोल

देशको दुई तिहाइ जनसंख्या सहरी क्षेत्रमा बसोबास

२०७८ सालको जनगणनामा शहरी जनसंख्या ६६ दशमलव ०८ प्रतिशत पुगेको छ भने ग्रामीण जनसंख्या छ ३३.९२ प्रतिशत पुगेको छ। राष्ट्रिय जनगणना २०६८ मा १७ दशमलव ०७ प्रतिशत शहरी जनसंख्या र...

नेपालमा जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत, ८ दशकयताकै कम

काठमाडौँ । नेपालमा जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत मात्र रहृयो । पछिल्लो ८ दशकयताकै कम वृद्धिदर रहेको केन्द्रिय तथ्यांक विभागले जनाएको छ । यसमा सबैभन्दा कम जनसंख्या वृद्धिदर गण्डकी प्रदेशमा भएको पाइएको छ । विभागको तथ्यांकअनुसार गण्डकी प्रदेशमा जनसंख्या २४ लाख ७९ हजार ७ सय ४५ जना रहेको छ । यहाँ पछिल्लो १० वर्षको जनसंख्या वृद्धिदर […]