२९ मंसिर, काठमाडौं । उच्च शिक्षा सुधारका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ५ योजना अघि सारेका छन् । मंगलबार ११ विश्वविद्यालयका उपकुलपतिहरूसँगको छलफलमा उच्च शिक्षा सुधारका लागि शिक्षा मन्त्रालयले गर्न सक्ने पाँच योजना अघि सारेका हुन् । मन्त्री पौडेलले विश्वविद्यालय सुधार गर्न राजनीतिक नेतृत्वलाई कन्भिन्स गर्न सक्ने क्षमता विश्विद्यालयको हुने कुरा औल्याए । […]