प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशन आयोजना गर्न पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । कांग्रेस केन्द्रीय समितिको आज बसेको बैठकले महाधिवेशनको तयारीका लागि मूल आयोजक समिति गठन गरेको र समितिमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य, सङ्घीय संसद्का सदस्यहरु, पार्टीका सातै प्रदेशका संसदीय दलका नेताहरु सदस्य रहनुहुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।