तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन सरकार वीपीको सिद्धान्तअनुरूप अघि बढेको बताउनुभएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँले आज शुक्रवार दमौलीमा आयोजना गरेको १०९ औँ वीपी जयन्ती तथा जनताका साथमा कांग्रेस अभियानको पहिलो चरणको समापन कार्यक्रममा उहाँले वीपीको मूल सिद्धान्त राष्ट्रिय एकता र मेलमिलापको नीति रहेकाले अहिलेको गठबन्धन सरकार त्यहीअनुरूप चलेको स्पष्ट पार्नुभयो ।
‘वीपीले देखाएको मार्गलाई कांग्रेसले अवलम्बन गर्दै अघि बढेको छ’, उहाँले भन्नुभयो, &lsq...