काठमाण्डाै – इन्डियन आयल कर्पोरेशन (आईओसी) ले फेरि पेट्रोलियम पदार्थको मूल्य बढेको सूची नेपाल आयल निगमलाई पठाएको छ । निगमले आज मङ्गलवार विज्ञप्ति निकालेर पेट्रोलियम पदार्थको मूल्य बढेको सूची प्राप्त भएको जानकारी गराएको हो ।
नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ ८९ पैसा बढेको छ । यस्तै डिजेल तीन रुपैयाँ आठ पैसा, मट्टीतेल प्रतिलिटर १० रुपैयाँ तीस पैसा र हवाई इन्धन प्रतिलिटर तीन रुपैयाँ ३२ पैसा बढेको छ । यस्तै एलपीजी ग्यासको मूल्य प्रतिलिसिन्डर एक सय रुपैयाँ बढेर प्राप्त भएको निगमले जनाएको छ ।...