उद्योगहरुले शाखाका रुपमा विभिन्न स्थानमा स्थापना गरेका एउटै प्रकृतिका उद्योगले पनि भिन्न उद्योगसरह सञ्चालन अनुमति लिनुपर्ने भएको छ । विगतका कानुनले उद्योगलाई शाखा खोल्ने र सो शाखाको कारोबार सम्बन्धी विवरण मुख्य कार्यालयबाटै सञ्चालनको अनुमति दिएपनि औद्योगिक व्यवसाय ऐनको पछिल्लो संशोधनले यसलाई खारेज गरेसँगै सबै उद्योगका शाखाले छुट्टै उद्योगसरह अनुमति लिन थालेका छन् ।औद्योगिक व्यवसाय ऐन […]