२० पुस, काठमाडौं । प्रतिनिधिसभाको संसदीय समितिमा स्वार्थ बाझिने सांसदहरुलाई रोक्ने तयारी भएको छ । राजनीतिक दलहरुको परामर्शका आधारमा यो व्यवस्थालाई बाध्यकारी बनाउने तयारी भएको हो । २२ पुसमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बस्दैछ । उक्त बैठकमा प्रतिनिधिसभा नियमावलीका विषयमा समेत छलफल हुनेछ । विगतमा स्वार्थ बाझिने सांसदहरु नै समितिको सदस्यका रुपमा सहभागी हुन्थे […]