धनगढी : मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका सात प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ।
एमाले सुदूरपश्चिम संसदीय दलले मंगलबार मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिन जारी गरिएको ह्वीप उल्लंघन गरेको भन्दै सात प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो।
संसदीय दलका नेता प्रकाशबहादुर शाहले ह्वीप उलंघन गर्ने प्रदेशसभा सदस्यहरु पठानसिंह बोहरा, लिलाधार भट्ट, रतन थापा, माया तामाङ बाेहाेरा, ग्याल्बु बोहरा, नेपालु चौधरी र बलदेव रेग्मीलाई स्पष्टीकरण सोधेका छन्। स्पष्टीकर...