प्रदेश १ का मुख्यमन्त्री राईलाई एमालेले विश्वासको मत नदिने

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई एमालेले विश्वासको मत नदिने भएको छ ।  एमालेका प्रदेश सांसद हिक्मत कार्कीले कानून, बजेट निर्माणमा सहयोग गर्न तयार रहे पनि विश्वास मत भने नदिने बताएका हुन् ।  यस्तै उनले गठबन्धनसँग एमाले प्रतिस्पर्धा गर्न तयार रहेको बताए । ‘नेपाली कांग्रेसको सातो गएको छ, धामीझाँक्री बोलाउनुपर्ने देखियो,’ उनले भने, ‘२१ सांसद रहेको कांग्रेसले प्रदेशमा १० सिटेलाई नेतृत्व दिएको छ ।’

सम्बन्धित सामग्री

प्रदेश १ को प्रदेशसभा बैठक सुरू, मुख्यमन्त्री राई विश्वासको मत लिँदै

विराटनगर, १ मंसिर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिँदैछन् । अहिले प्रदेशसभा बैठक जारी छ।। बैठकमा मुख्यमन्त्री राईले आफ्नो भनाई राखिरहेका छन् । यसलगत्तै उनले विश्वासको मत माग्ने कार्यतालिका छ । उता, बैठक सुरू हुनुअघि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले राईलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सर्वदलीय दलको […]