निर्वाचन आयोगले प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रम वा पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका कुनै पनि नयाँ आयोजना तथा कार्यक्रमहरू सञ्चालन तथा कार्यान्वयन नगर्न निर्देशन दिएको छ । प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनको तयारी भइरहेको सन्दर्भमा मतदातालाई त्यस्ता कार्यक्रमहरूले प्रभावित पार्ने तथा निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पार्ने भन्दै आयोगले नेपाल सरकार, सातवटै प्रदेश सरकार र ७५३ वटै स्थानीय तहहरूलाई सो निर्देशन दिएको हो ।सह सचिव एवम् प्रव