काठमाण्डाै – निर्वाचन आयोगले प्रदेश १ र गण्डकी प्रदेश सरकारलाई निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गतका कार्यक्रम सञ्चालन नगर्न निर्देशन दिएको छ ।
आउँदाे मङ्सिर ४ गते चुनाव तोकिएको र प्रदेश सभाको कार्यकाल सकिन लागेका बेला प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रममार्फत बजेट सांसदलाई योजना छनाेट गर्न लगाइएको र योजना बाँड्ने तयारी रहेको जानकारी प्राप्त भएकाले रोक्न निर्देशन दिएको आयोगले जनाएको छ । यो कार्यक्रमअन्तर्गतका योजनाहरू प्रदेश सभा सदस्यले छनाेट तथा कार्यान्वयनमा सहजीकरण गर्दै आएका छन् ।&...