सञ्चार क्षेत्रको इतिहासमा पहिलोपटक नागरिक दैनिकले आईपीओ जारी गर्दै

नागरिक दैनिक र रिपब्लिका अंग्रेजी दैनिक प्रकाशन गर्ने नेपाल रिपब्लिक मिडियाले साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । नेपाल रिपब्लिक मिडियाले नेपालको सञ्चार क्षेत्रको इतिहासमा पहिलोपटक आईपीओ जारी गर्न लागेकाे हाे ।

सम्बन्धित सामग्री

आईपीओ जारी गर्ने तयारीमा भायानेट

इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन लिमिटेडले आईपीओ जारी गर्ने तयारी गरेको छ । सन् १९९९ मा निजी इन्टरनेट सेवा प्रदायकको रूपमा स्थापित भायानेट देशको सञ्चार तथा प्रविधि क्षेत्रमा आफ्नो इनोभेटिभ प्रयासहरूको लागि परिचित छ। सन् २०११ मा भायानेटले पहिलो चोटी फाइबर-टू-द-होम (FTTH) भनेर चिनिने फाइबर अप्टिक्स इन्टरनेटको सुरुवात गरेर नेपाललाई इन्टरनेटको नयाँ...

सञ्चार माध्यममा पहिलो पटक आईपीओ जारी गर्दै 'जनता टेलिभिजन'

निजी सञ्चार माध्यमहरुमा पहिलो पटक सेयर (आईपीओ) जारी गर्ने मिडिया जनता टेलिभिजन बन्ने भएको छ । जनता टेलिभिजनको प्रसारण कम्पनी जनता प्रसारण तथा प्रकाशन लिमिटेडले निकट भविष्यमा नै प्राथमिक सेयर (आइपीओ) जारी गर्ने भएको हो । बिहीबार जनता प्रसारण तथा प्रकाशन लिमिटेडले सेयर निष्कासन गर्ने सम्बन्धमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडसँग  सम्झौता गरेको छ । सम्झौतापत्रमा जनता प्रसारणका तर्फबाट सञ्चालक समिति अध्यक्ष डा.विजयकुमार पौडेल र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढ

अर्थ मन्त्रालयद्वारा धितोपत्र बोर्डलाई तीनदिन भित्र स्पष्टिकरण बुझाउन माग

साउन १४, काठमाडौं ।  अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई तीन दिनभित्र स्पष्टिकरण बुझाउन माग गरेको छ । विभिन्न सञ्चार माध्यमहरुमा धितोपत्र बोर्डसँग सम्वन्धित  समाचारप्रति ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले बुधवार पत्राचार गर्दै तीन दिनभित्र सत्यतथ्य यथार्थता के हो ? सोको स्पष्ट र तथ्यपरक विवरण तीन दिनभित्र उपलब्ध गराउन भनेको हो । बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाको परिवार भित्रका सदस्यको नाममा शेयर खरीद भएको समाचार वाहिरिएपछि मन्त्रालयले पनि बोर्डसमक्ष स्पष्टिकरण माग गरेको हो ।  नेपालको धितोपत्र बजारकै इतिहासमा पहिलो पटक बुक विल्डिङ्ग विधिबाट आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेण्ट्को शेयर खरीदमा ढुङ्गानाको परिवारको सदस्यको नाममा शेयर खरीद भएको समाचार विभिन्न सञ्चारमाध्यमा सार्वजनिक भएको छ । ढुङ्गानाकी बिबाहित छोरी रेबिका ढुङ्गानाको नाममा सर्वोत्तम सिमेण्टको ११ हजार ९१२ कित्ता शेयर लागत कायम भएको देखिएको हो । बोर्डका अध्यक्ष ढुङ्गानाले विभिन्न सञ्चारमाध्यममा सर्वोत्तम सिमेण्टको शेयर छोरीको नाममा रहेको स्वीकार गरिसेकका छन् ।  बिवाह भएर आफुसँग छुट्टिएर गइसकेकी छोरीमा शेयर खरीदविक्री गर्न पाउने अधिकार हुने तर्कसमेत ढुङ्गानाको छ । आफुले पदिय मर्यादा विपरित कुनै काम नगरेको भन्दै ढुङ्गानाले केहि दिन अवस्था तनावपूर्ण भएपनि अन्तिममा सत्यको जीत हुने बताएका छन् । यसैबीच नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद तथा  नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई पनि सोही प्रसंगमा आरोप लागेका समाचारहरु प्रकाशित भएका छन् ।