त्रियुगाले १५ करोडमा प्रशासनिक भवन बनाउने

सदरमुकामस्थित त्रियुगा नगरपालिकाले अत्याधु्निक र सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ। त्रियुगा १० बाँसबारीस्थित डेढ बिगाहा क्षेत्रफल जमिनमा बहुतले, बहुकोठे आधुनिक भवन बनाउने सम्पूर्ण प्राविधिक तयारी भएको नगरपालिकाले जनाएको छ।...

सम्बन्धित सामग्री

नेपाल प्रहरी शिक्षालय भरतपुरमा साढे ५ करोडको लगानीमा प्रशासनिक भवन बन्दै

१५ माघ, चितवन । नेपाल प्रहरी शिक्षालय भरतपुरमा साढे ५ करोडको लागतमा नयाँ प्रशासनिक भवन बन्ने भएको छ । सो भवनका लागि टेण्डर आह्वान भएर कस्मिक निर्माण सेवाले भवन बनाउने ठेक्का पाएको शिक्षालयबाट हालै सरुवा भएर गएका शिक्षालयका प्रहरी नायव महानिरीक्षक सन्दिप भण्डारीले जानकारी दिए । उनका अनुसार कस्मिकले साढे ३ तला भवन बनाउन ५ […]

अक्षम पोखरा महानगर : आफ्नै भवन बनाउन नसक्दा ठेकेदारलाई सवा करोड लाभ

३० भदौ, पोखरा । २०७४ सालमा मानबहादुर जिसी मेयर निर्वाचित भएपछिको पहिलो कार्यपालिका बैठकले पोखरा महानगरपालिकाको नयाँ प्रशासनिक भवन बनाउने निर्णय गरेको थियो । त्यसको ठीक ५ वर्षपछि पोखरामा धनराज आचार्य मेयर निर्वाचित भएर आए र पहिले कार्यपालिका बैठकबाट सोही निर्णय गरेका छन्, ‘महानगरको सुविधासम्पन्न प्रशासनिक भवन बनाउने ।’ २०७४ असार ५ गते जिसीको अध्यक्षतामा […]

कोहलपुर नगरपालिकाले नयाँ प्रशासनिक भवन बनाउने

बाँकेस्थित कोहलपुर नगरपालिकाले नयाँ प्रशासनिक भवन बनाउने भएको छ। उक्त भवन निर्माण गर्न शुक्रबार धार्मिक विधिपुर्वक शिलान्यास गरिएको छ। नगर प्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगिता सुवेदीले धार्मिक विधिपुर्वक शिलान्यास गरेका हुन्।...

नगरप्रमुखलाई आफ्नै प्रशासनिक भवन निर्माण पहिलो चुनौती

बलेवा । बागलुङ नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख वसन्तकुमार श्रेष्ठले शनिवार बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको प्रशासनिक भवन शिलान्यास गरे । निर्वाचित भएपछि गरिएको शिलान्यास नै उनको पहिलो काम थियो । कालिका भगवतीको प्रशासनिक भवन शिलान्यास गरेका  नगरप्रमुख श्रेष्ठका लागि आफ्नै नगरपालिकाको प्रशासनिक भवन निर्माण गर्नु पहिलो चुनौती रहेको छ । अघिल्लो कार्यकालका जनप्रतिनिधिले कब्जा गरेको कृषि ज्ञान केन्द्रलगायत भवनमा अहिले नगरपालिकाका प्रशासनिक शाखा छन् । अहिलेकै भवनबाट प्रशासनिक काम गर्ने वा अन्यत्र व्यवस्थापन गर्ने भन्ने मुख्य चुनौती नवनिर्वाचित नगरप्रमुखलाई बनेको छ । बागलुङ नगरपालिका–४ रातमाटामा रहेको आफ्नै भवन छोडेर नगरपालिका–२ मा रहेका तत्कालीन कृषि विकास कार्यालय, महिला बालबालिका कार्यालय र भूसंरक्षण कार्यालयको भवनमा नगरपालिका सरेको थियो । नगरको मुख्य प्रशासन भने तत्कालीन कृषि विकास कार्यालयबाटै सञ्चालन भइरहेको छ । यो भवनमा दुई वर्षअघि कृषि ज्ञान केन्द्र स्थापना भएपछि पटकपटक विवाद सृजना भएको छ । सर्वसाधारणलाई असुविधा भयो भनेर नगरपालिकालाई सारिएको कृषिको भवनबाट कार्यालय सञ्चालन गर्दा किसान मर्कामा परेको गुनासो बढेको छ । ‘नयाँ जनप्रतिनिधि आएपछि उहाँहरूले हाम्रो भवन छोडिदिनुहुन्छ कि भन्ने लागेको छ, प्रदेशबाट मन्त्रालयले पनि सोही हिसाबले पहल थालेको छ,’ कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले भने । साविक कृषि विकास कार्यालय रहेको भवन र जग्गा स्वतः ज्ञान केन्द्रको हुने र आफूहरूलाई सो भवन आवश्यक रहेको समेत उनको भनाइ थियो । नगरपालिकाले आफ्नो कार्यालय अन्यत्र पनि व्यवस्थापन गर्न सक्ने उनले बताए । गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालयले पटक–पटक आग्रह गरेपछि एक वर्ष अघिसम्म कृषिका सबै भवनमा विषयगत शाखा राखेको थियो । त्यस्तै राजस्व र स्वास्थ्य शाखा अन्यत्र व्यवस्थापन गरेर एउटा भवन खाली पनि गरेको थियो । ‘तत्काल नयाँ भवन बनाउने विषयमा सोचेका छैनौं, सबै पक्ष र दलहरूसँग सल्लाह गरेर उपयुक्त व्यवस्थापन हुन्छ,’ नवनिर्वाचित नगरप्रमुख श्रेष्ठले भने, ‘अहिले नै यहाँ जान्छौं भनेर भन्न मिल्दैन ।’ कृषिको भवन नगरपालिकाले नछाडेपछि मुख्यमन्त्रीको कार्यालयले उपसचिव नेत्र पौडेलको नेतृत्वमा समस्या समाधान कार्यदल बनाएको छ । कार्यादलले विकल्प सहितको प्रतिवेदन तयार गरेको र एक दुई साताभित्रै मुख्यमन्त्रीलाई बुझाउने कार्यक्रम रहेको केन्द्रका प्रमुख भट्टराईले बताए । नगरपालिकाले भवन नछोडेका कारण कार्यालयमा विभिन्न काम गर्ने शाखा, माटो परीक्षण प्रयोगशाला, कर्मचारीका लागि आवास अभाव रहेको उनको भनाइ थियो । उक्त केन्द्रले अहिले साँघुरो भवनमै कर्मचारी खुम्चाएर  काम गर्दै आएको बताएको छ । रासस

अत्याधुनिक सुविधासम्पन्न भवन बनाउँदै भरतपुर महानगर

भरतपुर महानगरपालिकाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ । सङ्घीय र प्रदेश सरकारसँग बजेटको सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया अघि बढाइएको हो । महानगरले रु ९४ करोड ३२ लाख ३० हजार २७१ अनुमानित लागतमा बोलपत्र आह्वान गरेको छ । सङ्घीय सरकारबाट रु ३५ करोड र बागमती प्रदेश सरकारबाट ठेक्का कबोल मूल्यको ५० प्रतिशत रकम …

भरतपुर महानगरपालिकाले २२१ काेठाकाे भब्य भवन बनाउने

चितवन ।  भरतपुर महानगरपालिकाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ । सङ्घीय र प्रदेश सरकारसँग बजेटको सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया अघि बढाइएको हो । महानगरले  ९४ करोड ३२ लाख ३० हजार २७१ अनुमानित लागतमा बोलपत्र आह्वान गरेको छ । सङ्घीय सरकारबाट रु ३५ करोड र बागमती प्रदेश सरकारबाट ठेक्का कबोल मूल्यको ५० प्रतिशत […] The post भरतपुर महानगरपालिकाले २२१ काेठाकाे भब्य भवन बनाउने appeared first on राजधानी राष्ट्रिय दैनिक.

जहदाले नयाँ भवन बनाउने

मोरङको जहदा गाउँपालिले नयाँ प्रशासनक भवन निर्माण गर्ने भएको छ। साढे १० करोड रुपैयाँ लागतमा नयाँ प्रशासनिक भवन निर्माण गर्न लागिएको जहदा गाउँपालिकाले जनाएको छ।...

पैयुँ गाउँपालिकाको प्रशासनिक भवन निर्माण शुरू

पर्वत । पर्वतको पैयुँ गाउँपालिकाले प्रशासनिक भवन निर्माणको काम शुरू गरेको छ । १८ महीनामा काम सक्नेगरी गाउँपालिकाको भवन बनाउन शुरू भएको हो । गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले आइतवार प्रशासनिक भवनको शिलान्यास गरेका छन् । उनले तोकिएको समयमै भवन निर्माणको काम पूरा हुने प्रतिबद्धता व्यक्त गरे । पैयुँ गाउँपालिका–४ हुवासस्थित भकुण्डे बगरमा भवन निर्माण शुरू गरिएको हो । लिफ्टसहित ३८ कोठाको तीनतले भवन रू. ५ करोड ४८ लाख ४८ हजार ९९० रुपैयाँ  लागतमा बन्नेछ । १२ रोपनी क्षेत्रफलमा रहने प्रशासनिक भवन निर्माणस्थलका लागि  टकलाक, त्रिवेणी र हुवासका जग्गाधनीले जग्गा निःशुल्क उपलब्ध गराएका थिए । प्रशासकीय भवन निर्माणका लागि विवेक एण्ड कुवेर बिल्डर्स वालिङ स्याङ्जाले जिम्मा पाएको छ । अध्यक्ष तिवारीले भौतिक पूर्वाधारले सुविधासम्पन्न नहुँदा गाउँपालिकाका सेवा प्रवाहमा समस्या भइरहेको भन्दै भवन बनेपछि सहज हुने बताए । गाउँपालिकाको भवनमा न्यायिक समितिको इजलास, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, आर्थिक प्रशासन, स्वास्थ्य, शिक्षा, कृषि, पशु, सहकारी, सामाजिक शाखा, प्रशासन, लगायत विषयगत शाखाका अलगअलग कक्ष रहनेछन् । प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेका अनुसार गाउँपालिकाको भवन मन्त्रालय शैलीमा बनाउन थालिएको हो । उनले सुविधासम्पन्न भवन निर्माण भएपछि अहिले भाडामा सञ्चालन हुँदै आएको मुख्य कार्यालय र विषयगत कार्यालय आफ्नै भवनमा स्थानान्तरण हुने बताए । अघिल्लो वर्ष मोदी गाउँपालिकाको भवन बनेर नयाँ कार्यालयमा गाउँपालिका सरेको छ । कुश्मा नगरपालिकाले जग्गा पाए पनि भवन बनाउन शुरू गरेको छैन । फलेवासको केन्द्रको विवादले भवन बन्न सकेको छैन । विहादी गाउँपालिकाले प्रशासनिक भवनको निर्माण कार्य जारी रहेको बताएको छ । महाशिला गाउँपालिकाले केन्द्र रहने स्थानको टुंगो लागे पनि भवन बनाउने प्रक्रिया शुरू गरेको छैन । भाडाका घरमा बसेका स्थानीय तहले वर्षेनि भाडामा लाखौं खर्च गर्दै आएका छन् ।

गजुरी पालिकाले सुविधा सम्पन्न प्रशासनिक भवन बनाउँदै

आफ्ना नागरिकलाई एउटै छानामुनिबाट सेवा प्रदान गर्न गजुरी गाँउपालिकाले सुविधा सम्पन्न प्रशासनिक भवन बनाउने भएको छ । १६ महिनामा निर्माण सम्पन्न गर्ने गरी चालू आर्थिक वर्षबाटै निर्माण सुरु गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको इन्जिनियर सुजन अधिकारीले बताए । एक हजार ७३ वर्गमिटर क्षेत्रफलमा निर्माण हुने भवनले चार सय ६० वर्गमिटर ओगट्ने छ । जग्गाको क्षेत्रफल […]