प्रचण्डको प्रष्टोक्ति: मैले संसद बैठक सार्न आदेश दिएको होइन, एमसीसी र गठबन्धनको सम्बन्ध छैन (भिडिओ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद बैठक सार्न आफूले निर्देशन दिएको भनेर गलत प्रचार गरिएको बताएका छन्। आइतबार पेरिसडाँडामा आयोजित माओवादी जनयुद्ध दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो कारण नभइ प्रधानमन्त्रीको आग्रहमा बैठक सारिएको बताए। ‘अग्नि सापकोटा सभामुख होइन, प्रचण्डको आदेशमा संसद बैठक सारियो भन्ने कुप्रचार के गरियो,’ उनले भने, ‘यो […]

सम्बन्धित सामग्री

एमसीसी टेबल भएपछि तनावग्रस्त नयाँ बानेश्वर (तस्वीरहरू)

सरकारले आइतबारको संसद बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी टेबल गराएको छ । संघीय संसद भवनमा एमसीसी टेबल भइरहँदा नयाँ बानेश्वर भने तनावग्रस्त बनेको छ ।

संसद भवन अगाडि ‘एमसीसी स्वाहा’ !

८ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरुले एमसीसीको विरोधमा आज पनि संसद भवन अगाडि प्रदर्शन गरेको छ । एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्वमा ‘एमसीसी स्वाहा’ कार्यक्रम गरिएको हो । कार्यक्रममा अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली लगायत सहभागी छन् । एमसीसीको विरोध जनाउन पूजा मण्डप जस्तो बनाएर उनीहरुले मन्त्रोच्चारण गर्दै ‘एमसीसी स्वाहा’ भन्दै होम गरेका […]

आइतबार हुने संसद बैठकको कार्यसूचीमा पनि अटाएन एमसीसी

काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । आइतबार दिउँसो १ बजे बस्नेगरी संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो । जसमा अमेरिकी सहयोग परियोजना (एमसीसी) अटाएको छैन । संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एउटा मात्रै एजेण्डा छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन […] The post आइतबार हुने संसद बैठकको कार्यसूचीमा पनि अटाएन एमसीसी appeared first on राजधानी राष्ट्रिय दैनिक.

संसद बैठकको कार्यसूची तयार: परेन एमसीसी

काठमाडौँ । सभामुख अग्नि सापकोटाले आजको संसद बैठकको कार्यसूचीमा एमसीसी नराख्ने निर्णय बताएका छन् । दलहरुबीच सहमति नजुटेको भन्दै सभामुखले एमसीसीलाई कार्यसूचीमा नराख्ने निर्णय बताएका हुन् । संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बसे पनि एमसीसी भने टेबल हुने छैन । आजको संसद बैठकको कार्यसूची तय गर्न सभामुखले कार्यव्यवस्थाको बैठक बसालेका थिए । बैठकमा कानुनमन्त्री […]

एमसीसी संसद बैठकमा पेस गरे सरकारबाट बाहिरिने माओवादीको निर्णय

काठमाडौं, ४ फागुन : सत्तारुढ दल नेकपा माओवादी केन्द्रले जबरजस्ती एमसीसी सम्झौता अनुमोदन प्रस्ताव संसद बैठकमा पेस गरे सरकारबाट बाहिरिने निर्णय गरेको छ । माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेस गरिए सरकारबाट बारिने निर्णय गरेको सो पार्टीका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । सरकारले प्रतिनिधिसभाको बुधबार […]

बुधबारको संसद बैठकमा एमसीसी पेश हुन्छः नेता कोइराला

नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले बुधबार (भोली) बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेस हुने बताएका छन् । मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोईरालाले यस्तो बताएका हुन् । एमसीसी नेपालका लागि राम्रो भएकाले पारित गरिनुपर्ने पार्टीको धारणा रहेको बताए । नेता कोईरालाले एमसीसीको रुपरेखाहरु नेपाल सरकारले नै बनाउने कुरा बैठकमा छलफल गरिएको समेत बताए । त्यस्तै पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा.रामशरण महतले एमस

बुधबारको संसद बैठकमा एमसीसी पेश हुने सम्भावना छ: शशांक

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले बुधबारको संसद बैठकमा एमसीसी पेश हुने सम्भावना रहेको बताएका छन् । काँग्रेस संसदीय दलको बैठकबाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वमहामन्त्री कोइरालाले एमसीसी पारित गर्ने विषयमा छलफल भइरहेको बताए । उनले भने, ‘एमसीसीबारे हामीले छलफल गरेका छौं । एमसीसीको सफल कार्यान्वयनबारे डा। रामशरण महतले सबैलाई जानकारी गराउनुभएको छ । […]

एमसीसी पास गर्न २८ मंसिरमा संसद बैठक

काठमाडौं, १७ मंसिर । अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित गर्न २८ मंसिरका लागि संसद बैठक डाक्न सिफारिश भए अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनको बैठक आव्हान गरेको खुलेको छ । उक्त दिनभित्र एमसीसीबारे टुंगो लगाउन अमेरिकाले समयसीमा दिएको छ । अमेरिकी विदेश सहायक विदेशमन्त्री डोनाल्ड लू नोभेम्बरमा नेपाल आएर एमसीसीबारे निर्णय दिने समयसीमा दिएर गएका थिए […]