नेपालटारस्थित डेरामा मृत भेटिएकी लोक गायिका दिलमाया सुनारको पोष्टमार्टम रिपोर्ट आएको छ । असार ११ मा विहान उनी आफ्नै डेरामा मृत अवस्थामा फेला परेकी थिइन् । सो घटनामा प्रहरीले सिन्धुपाल्चोक घर भएका सूर्य श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । गायिकाका बुवा केशर बिकले हत्या आरोपमा किटानी जाहेरी दिएका छन् ।त्रिवि शिक्षण अस्पतलामा शव पोष्टमार्टम गरिएको थियो । चिकित्सकले गायिकाको मृत्युको कारणमा ‘झुन्डिएर मृत्यु’ भन्ने रिपोर्ट दिएका छन् । मृत्युको कारण ‘झुन्डिएर’ भ