काठमाडौँमा ८४ हजार मतगणना गर्न बाँकी रहँदा बालेन १७ हजार मतले अगाडि

काठमाडौँ – काठमाडौँ महानगरपालिकामा एक लाख मतगणना सकिएको छ। आइतबार बिहान ५ बजेसम्मको मतपरिणाम अनुसार एक लाख ६ हजार ३५२ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले १७ हजार ३४ मतान्तरसहित अग्रता लिइरहेका छन्। शाहले ३८ हजार ३३३ मत पाउँदा गठबन्धनतर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहको मत २१ हजार २९९ रहेको छ भने एमाले उम्मेदवार केशव […]

सम्बन्धित सामग्री

अब दोलखाको मात्रै मत परिणाम आउन बाँकी

काठमाडौं, मंसिर १८ । प्रतिनिधिसभाका १६५ स्थान मध्ये अब दोलखाको मात्रै मत परिणाम आउन बाँकी छ । दोलखामा मतगणना जारी छ । दोलखाको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिनु भएको छ । पछिल्लो मत परिणाम अनुसार शिवाकोटीले १७ हजार ६ सय ९५ मत प्राप्त गरेका छन् । यसै अर्का उम्मेदवार माओवादी केन्द्रका […]

मतगणना जारी रहेका तीनवटै क्षेत्रमा सत्ता गठबन्धन अगाडि

काठमाडौं । प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये अब तीन वटा क्षेत्रको मात्रै नतिजा आउन बाँकी छ । मत गणना भइरहेका तीनवटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् । पछिल्लो मत परिणामअनुसार स्याङ्जा–२ मा नेपाली कांग्रेसका धनराज गुरुङले १७ हजार २२१ मत प्राप्त गर्दा नेकपा (एमाले) की उम्मेदवार पद्मा अर्यालले १५ हजार ९०८ मत पाउनुभएको छ […]

मतगणना भइरहेका १५ वटा क्षेत्रको नतिजा आउन बाँकी : ३ वटा क्षेत्रको गणना अन्योल

काठमाण्डाै - प्रतिनिधि सभाका १६५ वटा क्षेत्रमध्ये अब १५ वटाको मात्रै अन्तिम नतिजा आउन बाँकी छ । प्रदेश एकका इलाम, मोरङ, सुनसरी गरी ७ वटा क्षेत्र तथा मधेस प्रदेशमा ४ वटा क्षेत्रको नतिजा आउन बाँकी छ । बाग्मतीको रामेछाप, लुम्बिनीको रुपन्देही–३ र कर्णालीको मुगु जिल्लाको गणना भइरहेकाे छ । इलाम–१ मा एमालेका महेश बस्नेत र नेकपा (एकीकृत समाजवादी)का झलनाथ खनालबीच प्रतिस्पर्धा छ । एमालेका बस्नेत १७ हजार ५ सय ५ मतसहित अगाडि हुनुहुन्छ । खनालले १४ हजार ८ सय ६४ मत ल्याउनुभएको छ । इलाम–२ मा एमालेका सुवा...

योगेश भट्टराई मतान्तर घटाउँदै, बुढाक्षेत्रीसँग कडा प्रतिस्पर्धा

ताप्लेजुङ - नेकपा एमालेका सचिव योगेश भट्टराई र गठबन्धन तर्फका उम्मेदवार माओवादीका खेलप्रसाद बुढाक्षेत्रीको कडा प्रतिस्पर्धा देखिएको छ । गठबन्धनका खेलप्रसाद बुढाक्षेत्रीले १७ हजार ७१३ मत प्राप्त गर्नु भएको छ भने सचिव भट्टराईले १७ हजार ६२२ मत प्राप्त गर्नु भएको छ । उहाँहरुको मतान्तर ९१ मात्र रहेको छ ।   अहिले सम्ममा ३८ हजार ८ सय १७ मत गणना भएको छ  भने ९ हजार ५५५ मत गर्न बाँकी छ ।   दुईवटा ठाउँ बनाएर मतगणना गरिँदै छ । दुवैमा प्रतिनिधि सभाको मत गणना गरिँदै गरेको निर्वाचन कार्यालयले...

भरतपुरमा १७ हजार मत गन्न बाँकी रहँदा रेनुको अग्रता १० हजारभन्दा माथि

काठमाडौं : धेरैको चासो भएको भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फका उम्मेदवार रेनु दाहाल जित तर्फ उन्मुख भएकी छिन्। पछिल्लो मतगणना अनुसार दाहालले १० हजार १ सय २६ मतको अग्रता बनाएकी छिन्। माओवादी केन्द्रकी उम्मेद्वार दाहालले पछिल्लो मतगणना अनुसार ४४ हजार ३ सय ५ मत ल्याएकी छिन्। त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी विजय सुवेदीले…

काठमाडौंमा ६२ हजार मत गन्न बाँकी, बालेनको अग्रता १७ हजार बढी

काठमाडौं महानगरपालिकामा अब ६२ हजार मात्र मतगणना गर्न बाँकी रहेको छ । काठमाडौंमा १ लाख ९० हजार ९८४ मत खसेको थियो । मतगणनाको पछिल्लो नतिजामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)को अग्रता कायमै छ । ले ४३ हजार ८५० मतसहित अग्रता फराकिलो बनाउनुभएको छ । दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ …

उर्लाबारीमा कांग्रेसका खड्गबहादुर जिततर्फ अग्रसर

मोरङको उर्लाबारी नगरपालिकामा नेपाली कांग्रेसका खड्गबहादुर फागो विजय नजिक देखिएका छन्। उनले १७ हजार मतगणना भइसक्दा ८ हजार १ सय ५८ मत प्राप्त गरेका छन्। उनी आफ्ना प्रतिद्वन्दी नेकपा एमालेका भूपालसिंह जिमीभन्दा २३४६ मतले अगाडि छन्। जिमीले ५ हजार ८ सय १२ मत प्राप्त गरेका छन्। अब करिब ६ हजार मत गणना बाँकी छ।