बेलायतले पनि बढायो ब्याज, २७ वर्ष यता कै उच्च वृद्धि

बढ्दो महँगीलाई नियन्त्रण गर्ने उदेश्यले बेलायतले पनि ब्याजको दर बढाएको छ । बेलायतको केन्द्रिय बैंक रहेको बैंक अफ इंग्ल्याण्डले ब्याजको दर बढाए १. ७५ प्रतिशत पुर्याएको हो। बेलायतले पछिल्लो पटक ब्याजको दर ५० बेसीस पोइन्टले बढाएको हो । यो भनेको ०.५ प्रतिशत बढाईएको हो , जुन एकै पटकमा गरिएको २७ वर्ष यता कै ठूलो वृद्धि रहेको बिबिसीले जनाएको छ । मुद्रास्फिति दर बढेर १३ प्रतिशत पुगेपछि बेलायतले ब्याज बढाएको हो। डिसेम्बर लागेयता बेलायतमा ६ पटक ब्याज वृद्धि भईसकेको छ । विश्वको अर्थतन्त्रसँगै बेलायतको अर्थतन्त्र पनि खुम्चिदै गएको र यो अवस्था अझैं एक बर्षसम्म रहने अर्थात सन् २०२३ को अन्त्यसम्म रहने अनुमान गरिएको छ। बेलायतका गभर्नर एन्ड्रु बैलेले महंगीका कारण दैनिकी धेरै गाह्रो भएको र ब्याजको दर नबढाए अवस्था थप नाझुक हुने भएकाले ब्याजको दर बढाईएको तर्क दिएका छन्। उच्च मुद्रास्फिति र न्युनतम आर्थिक वृद्धिको प्रमुख कारण बढ्दो बिद्युतको महशुल, युक्रेनमा रसियाको हस्तक्षेप जस्ता कारणहरु रहेको गभर्नरको भनाई रहेको छ। अहिलेकै अवस्थाले निरन्तरता पाए अक्टुबरसम्म केहि घरधुरीले महिनामा ३०० डलरसम्म विद्युत महसुल तिर्नुपर्ने अवस्था आउँन सक्ने प्रक्षेपण गरिएको छ। सन् २००८ मा सबैभन्दा लामो मुद्रास्फिति चलेको र त्यो बेला बेलायतका धेरै बैंकहरु कोल्याप्स भएको थियो।

सम्बन्धित सामग्री

अष्ट्रेलियाको केन्द्रीय बैंकले बढायो ब्याजदर

सिड्नी । अष्ट्रेलियाको केन्द्रय बैंकले अनपेक्षित रूपमा ब्याजदर बढाएको छ । रिजर्ब बैंक अफ अष्ट्रेलिया (आरबीए)ले मंगलबार ब्याजदर २५ आधारविन्दुले बढाएर ४ दशमलव १ प्रतिशतमा उकालेको हो । अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले गरेको जनमत सर्वेक्षणमा सहभागी अधिकांश अर्थशास्त्रीहरूले बैंकले ब्याजदर स्थिर राख्ने बताएका थिए ।  ब्याजदर वृद्धिको खबरसँगै एसएन्डपी/एएसएक्स २०० प्रतिशतले घटेको छ । अमेरिकी डलरको तुलनामा अष्ट्रेलियाली डलरको भाउ भने शून्य दशमलव ७३ प्रतिशतले बढेर शून्य दशमलव ६६ सेन्टमा पुगेको थियो । आरबीए जसरी पनि महँगी घटाउने दाउमा छ । अपिलमा अष्ट्रेलियामा महँगी ६ दशमलव ८ प्रतिशत थियो । महँगी उच्चतम् स्तरमा उक्लिसकेको भए पनि अझै पनि यो उच्च स्तरमै रहेको संकेत मिलिरहेको आरबीएका गभर्नर फिलिप लोईले भनेका छन् । हालै मात्रै महँगी थप बढ्न सक्ने जोखिम बढेकोले बैंकले ब्याजदर बढाउने निर्णय गरेको मंगलबार जारी विज्ञप्तिमा लोईले भनेका छन् । आरबीएले मुद्रास्फीतिलाई २ देखि ३ प्रतिशतमा झार्ने लक्ष्य रोखेको छ । महँगी लामो समयसम्म उच्च स्तरमा रहिरह्यो भने यसलाई पछि अंकुश लगाउन झनै महँगो पर्ने बताइएको छ । ब्याजदर झनै बढाउनुपर्छ अनि बेरोजगारी दरमा पनि उच्च वृद्धि हुने जोखिम हुन्छ । बैंकले महँगीमा अंकुश लगाउन थप ब्याजदर वृद्धि गर्ने संकेत गरेको छ । आक्रामक रूपमा ब्याजदर बढाइरहँदा आर्थिक मन्दी निम्तने नदिने काम फलामको च्यूरा चपाउनु सरह हुनेमा पनि बैंकको चिन्ता छ । आरबीएले जति जति ब्याजदर बढाउँदै  जान्छ उति नै सुरक्षित अवतरण वा आर्थिक मन्दी ननिम्त्याइकन महँगीमा अंकुश लगाउने काम कठिनतम् बन्दै  जाने विश्लेषण गर्न लागिएको छ । एजेन्सी

महँगीले विश्व अर्थतन्त्रमा बढ्दैछ मन्दीको जोखिम

चैत १३, वाशिङ्टन डीसी (अमेरिका) । युक्रेनमा रुसले गरेको आक्रमण, आकाशिएको महँगी र तीव्र दरमा ब्याजदर बढाउने केन्द्रीय बैंकहरुको नीति पछिल्लो समय विश्वको अर्थतन्त्रले सामना गरिरहेको केही अवरोध हुन् । यी कारणले गर्दा विश्व अर्थतन्त्र मात्रै होइन अमेरिकी अर्थतन्त्रमा आइरहेको पुनःबहालीमा धरापमा परेको छ ।  अहिले कम्तिमा पनि अमेरिकी अर्थतन्त्र आगामी १२ महीनाभित्र आर्थिक मन्दीमा जाने सम्भावना एक तिहाई छ भन्छन् मूडिज एनालिटिक्सका प्रमुख अर्थशास्त्री मार्क जान्डी । ‘आर्थिक मन्दीको जोखिम असहज तवरले उच्च रहेको छ, र यो उभो लाग्दैछ,’ उनले भने ।  रुसले युक्रेनमा आक्रमण गर्नु अघि इन्धनको भाउ र समग्रमा महँगी यही बसन्तमा घट्छ भन्ने आशा गरिएको थियो । तर अहिले पेट्रोल, खाद्यान्न, धातु र अन्य कच्चा पदार्थको भाउमा भइरहेको तीव्र वृद्धिका कारण महँगीको परिदृश्य झनै कालो अँध्यारो बनेको उनले बताए ।  आगामी एक वर्षमा अमेरिकी अर्थतन्त्र मन्दीमा जाने सम्भावना बढेर ३५ प्रतिशतको उच्च स्तरसम्म उक्लिएको यही महीनाको शुरुमा अमेरिकी बहुराष्ट्रिय लगानी बैंक गोल्डम्यान श्याख्स् बताएको थियो । मुद्रास्फीतिको अवस्था खराब हुँदै गयो भने महँगीलाई स्वस्थ स्तरमा झार्न अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ बाध्य हुन सक्छ ।  गत महीना अमेरिकामा उपभोक्ता मूल्य ७ दशमलव ९ प्रतिशत उक्लिएको छ । १२ महीने मुद्रास्फीतिमा भएको यो विगत ४० वर्षयताकै उच्च वृद्धि हो । उक्त तथ्यांकले रुसले युक्रेनमा आक्रमण गरेपछिको वास्तविक अवस्थाको चित्रण गरेको छैन ।  युक्रेनमाथिको आक्रमण महँगी बढिरहेको छ । यसलाई नियन्त्रण गर्न फेडले आक्रामक रुपमा ब्याजदर बढाउने जान्डी बताउँछन् । फेडले एक पछि अर्को गर्दै सन् १९९४ यता ब्याजदर बढाएको छैन । तर आगामी दुई महीनामा फेडले ५० आधार बिन्दुले ब्याजदर बढाउने अनुमान बढेको छ । फेडले जति धेरै ब्याजदर बढायो उनी नै धेरै अमेरिकी अर्थतन्त्र मन्दीमा जान सक्ने जान्डीको भनाइ छ । एजेन्सी