महँगीले विश्व अर्थतन्त्रमा बढ्दैछ मन्दीको जोखिम

चैत १३, वाशिङ्टन डीसी (अमेरिका) । युक्रेनमा रुसले गरेको आक्रमण, आकाशिएको महँगी र तीव्र दरमा ब्याजदर बढाउने केन्द्रीय बैंकहरुको नीति पछिल्लो समय विश्वको अर्थतन्त्रले सामना गरिरहेको केही अवरोध हुन् । यी कारणले गर्दा विश्व अर्थतन्त्र मात्रै होइन अमेरिकी अर्थतन्त्रमा आइरहेको पुनःबहालीमा धरापमा परेको छ ।  अहिले कम्तिमा पनि अमेरिकी अर्थतन्त्र आगामी १२ महीनाभित्र आर्थिक मन्दीमा जाने सम्भावना एक तिहाई छ भन्छन् मूडिज एनालिटिक्सका प्रमुख अर्थशास्त्री मार्क जान्डी । ‘आर्थिक मन्दीको जोखिम असहज तवरले उच्च रहेको छ, र यो उभो लाग्दैछ,’ उनले भने ।  रुसले युक्रेनमा आक्रमण गर्नु अघि इन्धनको भाउ र समग्रमा महँगी यही बसन्तमा घट्छ भन्ने आशा गरिएको थियो । तर अहिले पेट्रोल, खाद्यान्न, धातु र अन्य कच्चा पदार्थको भाउमा भइरहेको तीव्र वृद्धिका कारण महँगीको परिदृश्य झनै कालो अँध्यारो बनेको उनले बताए ।  आगामी एक वर्षमा अमेरिकी अर्थतन्त्र मन्दीमा जाने सम्भावना बढेर ३५ प्रतिशतको उच्च स्तरसम्म उक्लिएको यही महीनाको शुरुमा अमेरिकी बहुराष्ट्रिय लगानी बैंक गोल्डम्यान श्याख्स् बताएको थियो । मुद्रास्फीतिको अवस्था खराब हुँदै गयो भने महँगीलाई स्वस्थ स्तरमा झार्न अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ बाध्य हुन सक्छ ।  गत महीना अमेरिकामा उपभोक्ता मूल्य ७ दशमलव ९ प्रतिशत उक्लिएको छ । १२ महीने मुद्रास्फीतिमा भएको यो विगत ४० वर्षयताकै उच्च वृद्धि हो । उक्त तथ्यांकले रुसले युक्रेनमा आक्रमण गरेपछिको वास्तविक अवस्थाको चित्रण गरेको छैन ।  युक्रेनमाथिको आक्रमण महँगी बढिरहेको छ । यसलाई नियन्त्रण गर्न फेडले आक्रामक रुपमा ब्याजदर बढाउने जान्डी बताउँछन् । फेडले एक पछि अर्को गर्दै सन् १९९४ यता ब्याजदर बढाएको छैन । तर आगामी दुई महीनामा फेडले ५० आधार बिन्दुले ब्याजदर बढाउने अनुमान बढेको छ । फेडले जति धेरै ब्याजदर बढायो उनी नै धेरै अमेरिकी अर्थतन्त्र मन्दीमा जान सक्ने जान्डीको भनाइ छ । एजेन्सी

सम्बन्धित सामग्री

विश्व अर्थतन्त्रमा मोबाइल प्रविधिको योगदान ५ प्रतिशत

१४ मंसिर, काठमाडौं। मोबाइल प्रविधिले विश्वको अर्थतन्त्रमा ५ प्रतिशत योगदान दिइरहेको एक अध्ययनले देखाएको छ । मोबाइल इकोनोमी रिपोर्ट २०२३ अनुसार मोबाइल प्रविधिले विश्वको अर्थतन्त्रमा ५.२ ट्रिलियन डलर योगदान गरेको छ । यो विश्वको कुल जीडीपीको ५ प्रतिशत हो । यो प्रविधिले एसिया क्षेत्रको जीडीपीमा पनि करिब ५ प्रतिशत नै योगदान गरेको प्रतिवेदनमा उल्लेख छ […]

विश्वमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा पनि पर्यो : अर्थमन्त्री महत

काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेको बताएका छन्।आइतवार प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण २०७९।८० सार्वजनिक गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन्। उनले विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेको प्रभाव तथा थोक तथा खुद्रा व्यापार, निर्माण र उत्पादनमूलक उद्योगको उत्पादन लगायत समग्र आर्थिक क्रियाकलापमा संकुचनका कारण चालू आव २०७९।०८० मा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत सीमित हुने अनुमान रहेको बताए।उनले व

विश्व अर्थतन्त्रमा मन्दी आउने विश्व बैंकको प्रक्षेपण, नेपालमा स्थिर

२७ पुस, काठमाडौं । विश्व अर्थतन्त्रमा गहिरो मन्दी देखिने र यसको प्रभाव लामो समयसम्म रहने प्रक्षेपण विश्व बैंकले गरेको छ । सन् २०२३ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस्तो संकेत गरेको हो । विश्व बैंकका अनुसार सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर १.७ प्रतिशतमा सीमित हुने छ । यो विश्व बैंकले ६ महिना […]

विश्वकप फुटबल र विश्व अर्थतन्त्र

विश्व अर्थतन्त्रमा न्यून योगदान गर्ने उदयोन्मुख राष्ट्रमा आगामी प्रतियोगिता हुन सक्ने संभावना कम देखिन्छ।...

जलवायु परिवर्तनबाट अर्थतन्त्रमा ७ प्रतिशतसम्म क्षति

विश्वव्यापी जलवायु परिवर्तनमा अत्यन्त न्यून मात्र भूमिका रहेको नेपालले अर्थतन्त्रमा भने नराम्रो क्षति बेहोर्नुपर्ने देखिएको छ। जलवायु परिवर्तनबाट सिर्जित जोखिमको न्यूनीकरण हुन नसके मुलुकको अर्थतन्त्र त्यसको चपेटामा पर्ने प्रक्षेपण गरिएको छ।विश्व बैङ्कले केही समयअघि सार्वजनिक गरेको नेपालको जलवायु तथा विकाससँग सम्बन्धित प्रतिवेदनले सन् २०५० सम्म मुलुकले अर्थतन्त्रमा ७ प्रतिशतसम्म क्षति बेहोर्ने उल्लेख गरेको हो । यद्यपि यो प्रक्षेपण अत्यन्त निराशाजनक अवस्थामा हो। प्रतिवेदनअन्तर्गत जलवायु परिवर्तन र

नेपालको अर्थतन्त्रमा रुस–युक्रेन युद्धको असर परिसक्यो : गभर्नर

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको असरले मुलुकको अर्थतन्त्रमा चुनौती थपेको बताएका छन्।बुधबार नेपाल चार्टड एकाउण्टेन्ट्स संघको नव निर्वाचित कार्यसमितिको शपथ कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको विश्वभर परेको असरले नेपालसमेत प्रभावित भएर अर्थतन्त्रमा नयाँ चुनौती थपिएको बताएका हुन्।गभर्नर अधिकारीले विश्व अर्थतन्त्रमा संकट देखापरेको भन्दै त्यसको प्रभावले पछिल्लो समय वस्तुको मूल्यवृद्धिमा चा

विश्व अर्थतन्त्रमा संकटका झिल्का

ठूलो संख्यामा हताहती, विनाश तथा लाखौँ मानिस विस्थापन गरेको युक्रेन युद्धले विश्व अर्थतन्त्रमा उच्च मुद्रास्फीति र बेरोजगारीसहितको सुस्त आर्थिक वृद्धिलाई निम्त्याएको छ।...

कुनै व्यक्तिका कारण अर्थतन्त्रमा समस्या आएको होइन : पूर्वगर्भनर रावल

नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर डा. तिलक रावलले नेपालको अर्थतन्त्र गम्भीर मोडमा रहेको बताएका छन् । बुधबार नेपाल राष्ट्र बैंकको ६७ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै पूर्वगर्भनर रावलले विश्व अर्थतन्त्रमा नै समस्या आएकाले नेपालको अर्थतन्त्रमा समस्या आउनु कुनै व्यक्तिको कारण मात्रै नभएको बताएका हुन्  । पछिल्लो समय बढ्दो आयातले भुक्तानी सन्तुलन बिगारेकाले मुलुकको अर्थतन्त्र दुर्घटना उन्मुख बनेको उनले बताए । उनले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरोकारवाला सबै पक्ष मिलेर समस्या सम

आगामी वर्ष विश्व अर्थतन्त्रमा सुधार आउने कोषको प्रक्षेपण

काठमाडौं। कोरोनाविरुद्धको खोपमा पहुँच हुने र नहुनेको मुलुकहरुबीच भिन्न भएपनि आगामी वर्ष विश्व अर्थतन्त्रमा सुधार आउने अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रक्षेपण गरेको छ। सन् २०२१ मा विश्व अर्थतन्त्रको विस्तार ६ प्रतिशतले र २०२२ मा ४.९ प्रतिशतले हुने प्रक्षेपण छ। सन् २०२२ मा विकसित मुलुकहरूको मुद्रा स्फिती २.१० प्रतिशत र विकसित मुलुकको मुद्रा स्फिती ४.७० प्रतिशत हुने अनुमान छ।