इन्धन कारोबार सम्झौता पुरानैलाई निरन्तरता

नेपाल–भारत पेट्रोलियम पदार्थको खरिद सम्झौता नवीकरण पुरानोलाई नै निरन्तरता दिइने भएको छ । प्रत्येक पाँच वर्षमा सम्झौता नवीकरण गर्नुपर्ने व्यवस्थाअनुसार आगामी ३१ मार्चमा सम्झौता हुँदैछ ।नेपाल आयल निगम र इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले आगामी पाँच वर्षका लागि इन्धन कारोबार सम्झौता गर्दैछन् । सम्झौता पुनरावलोकन गर्नका लागि निगमका उच्च अधिकारी भारत जाँदैछन् । निगमका कार्यकारी निर्देशक […]

सम्बन्धित सामग्री

इन्धन कारोबार र वास्तविकता

नेपाल आयल निगमको नोक्सान कम गर्न इन्धनको मूल्य वृद्धि गर्दै आएको बताइन्छ । २०७८ र २०७९ मा पनि बाह्य बजारमा क्रुड र डलरको भाउ अनपेक्षित रूपमा बढेकाले नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नुपरेको बताइँदै आएको छ । जहिले पनि आयल निगम निरन्तर घाटामा गइरहेको भन्दै नाफा कमाउने उद्देश्यका लागि नभई निगमले नोक्सानी घटाउन मूल्य […]

श्रीलङ्कामा इन्धन कारोबारमा क्युआर कोड लागू

श्रीलङ्कामा इन्धन कारोबार गर्दा क्युआर कोडमार्फत् गर्ने व्यवस्था लागू गरिएको छ । इन्धनको अभाव भएपछि श्रीलङ्कामा क्युआर कोड प्रणाली लागू गरिएको हो । क्युआर कोडमार्फत कारोबार गरेपछि इन्धनको समान तथा पारदर्शी वितरण हुने, लाइनमा भिड लगाउन नपर्नेलगायतका फाइदा हुने सरकारी अधिकारीहरुले जनाएका छन् । देशभरीका सबै पेट्रोल पम्पहरुमा यो व्यवस्था गरिएको र उपभोक्तालाई पनि यसबारेमा जानकारी गराइएको उर्जा मन्त्री कन्चना विजेसेकेराले बताए ।  उनले इन्धन लिनका लागि पेट्रोल पम्पहरुमा भिडभाड नगर्न पनि उपभोक

श्रीलंकामा इन्धन कारोबारमा क्युआर कोड लागू

श्रीलंकामा इन्धन कारोबार गर्दा क्युआर कोडमार्फत् गर्ने व्यवस्था लागू गरिएको छ। इन्धनको अभाव हुनु र इन्धन किन्न चाहने उपभोक्ता धेरै भएकाले भिड व्यवस्थापन गर्न गाह्रो भएपछि क्युआर कोड प्रणाली लागू...

इन्धन कारोबार निजीक्षेत्रलाई दिन हुँदैन : ट्रेड युनियन

काठमाडौं (अस) । सरकारले पेट्रोल, डिजेल तथा ग्यासलगायत इन्धन आयातको जिम्मा निजीक्षेत्रलाई समेत दिने भनेर गरिरहेको गृहकार्यप्रति नेपाल आयल निगम ट्रेड युनियनले आपत्ति व्यक्त गरेको छ । आइतवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थ आपूर्तिको जिम्मा निजीक्षेत्रलाई पनि दिने गृहकार्य भइरहेको बताएपछि निगम ट्रेड युनियनले सरकारको यस्तो कार्यप्रति आपत्ति व्यक्त गरेको हो । सरकारले निजीक्षेत्रलाई इन्धन आयातको जिम्मा दिए आयल निगमले अहिले उपभोक्तालाई दिए जसरी सेवा दिन नसक्ने दाबी गर्दै नेपाल आयल निगम ट्रेड युनियनका अध्यक्ष मधुमास पुनले सरकारको गृहकार्यप्रति आपत्ति व्यक्त गरेका हुन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत सरकारको गृहकार्यप्रति आपत्ति जनाउँदै नेपाल आयल निगमलाई करमाथि कर थोपर्ने परल मूल्य बराबर मूल्य समायोजन पनि गर्न नदिने र तेल किन्ने पैसा नदिएर आर्थिक रूपले टाट पल्टाउने र निजीक्षेत्रलाई सुम्पिने दाउ भएमा त्यो किमार्थ स्वीकार्य नहुने बताएका छन् । निजीक्षेत्रलाई इन्धन कारोबारको जिम्मा दिए प्रतिलिटर १ सय ९५ परेको पेट्रोल १ सय ८० रुपैयाँ, १ सय ९० परेको डिजेल १ सय ६३ रुपैयाँमा र २६ सय ८० रुपैयाँ परेको ग्यास सिलिन्डर १८ सय रुपैयाँमा उपभोक्ताले नपाउने उनले उल्लेख गरेका छन् । एउटा समस्याको विषयान्तर गरेर अर्कै प्रकारको समाधान दिन खोज्दा आम नेपाली नागरिकले सेवाभन्दा सास्ती पाउने दाबी उनले गरेका छन् । राज्य जहिले पनि लोक कल्याणकारी बन्नुपर्ने पनि उनले उल्लेख गरेका छन् ।

आयल निगम ४७ अर्ब घाटामा

काठमाडौं, जेठ ९। इन्धन कारोबारमा नेपाल आयल निगमले १० महिनाकै अवधिमा करिब ४७ अर्ब रूपैयाँ नोक्सान बेहोरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि भएपछि करिब आधा खर्ब रूपैयाँ घाटा भएको नेपाल आयल निगमले जनाएको छ। साउनदेखि निरन्तर घाटामा इन्धन कारोबार गर्दा वैशाखसम्म ४७ अर्ब रूपैयाँ नोक्सान भएको निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र […]

व्यवसायीको आन्दोलन स्थगितः भोलिदेखि डिजेल,पेट्रोल सहज हुने

विभिन्न माग अघि सारेर आन्दोलनमा उत्रिएका इन्धन कारोबार गर्ने व्यवसायीले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। व्यवसायीले आन्दोलन स्थगित गरेसँगै इन्धनको बिक्री, वितरण आइतवारदेखि सूचारु हुने भएको छ।...

इन्धन कारोबार सम्झौता नवीकरण, पाइपलाइन विस्तार

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा पेट्रोलियम पदार्थ कारोबारको सम्झौता नवीकरण र पेट्रोलियम पाइपलाइन विस्तार गरिने भएको छ । पेट्रोलियम पदार्थको कारोबारसम्बन्धी सम्झौता नवीकरण गरिने भएको हो ।प्रत्येक पाँच वर्षमा नेपाल आयल निगम र इन्डियन आयल कर्पाेरेसन(आईओसी) बीच इन्धन कारोबार गर्ने सम्झौता हुने गर्छ । सोहीअनुसार सम्झौता नवीकरण गरिने छ । सन् २०१७ मार्चमा भएको सम्झौता […]

नेपालमा आयतित खनिज र इन्धन कारोबार

विगतका केही अगाडिका मूल्य परिवेशतर्फ हेर्दा इन्धनको मूल्य २०२२ मार्चमा बढाउँदा पनि निगमलाई दिनमा ३ अर्ब रुपैयाँ घाटा भएको देखिन्छ । बाह्य बजारमा कच्चा तेलको मूल्य बढेकाले त्यसको असर स्थानीय बजारमा पर्दै आएको छ । आयल निगमले पुनः इन्धनको मूल्य बढाउन लागेको देखिन्छ । भारतीय आयल निगमले २०२२ मार्चमा पठाएको मूल्यसूचीअनुसार बढेर आएकोले पुनः मूल्य […] The post नेपालमा आयतित खनिज र इन्धन कारोबार appeared first on राजधानी राष्ट्रिय दैनिक.

ऐनबिना नै खर्बौंको इन्धनको कारोबार

विभिन्न विनियमावली र निर्देशिकाको भरमा खर्बौंको इन्धन कारोबार भइरहनु मुलुकको अर्थतन्त्रका लागि घातक छ । नेपाल आयल निगमले भारतबाट आफ्नो बिक्रीकर्ता इन्डियन आयल निगमबाट बढेर आएको भन्दै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मटीतेल प्रतिलिटरमा ३ रुपैयाँ र हवाई इन्धनको १० रुपैयाँले मूल्य बढाएको […]

इन्धन कारोबार व्यवस्थित गर्न पेट्रोेलियम ऐन

उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले इन्धन कारोबारलाई व्यवस्थित र मर्यादित बनाउनका लागि पेट्रोलियम ऐन ल्याउन लागिएको बताएका छन् ।नेपाल आयल निगमको ५० औ वार्षिक उत्सवको अवसरमा शनिवार राजधानीमा भएको कार्यक्रममा मन्त्री भट्टले वार्षिक खर्बौंरूपैयाँको कारोबार गर्ने इन्धनलाई व्यवस्थित गर्न पेट्रोलियम ऐन ल्याउन लागेको बताएका हुन् ।