कैलालीको गोदावरी नगरपालिकास्थित मोहना नदीको पानीको बहाव मापन गर्न बालकृष्ण चौधरी दिनमा पटकपटक नदी छेउमा पुग्छन् । उनले ‘गेज रिडर’को जिम्मेवारीमा रहेका उनले गोदावरी –३ को मोहना नदी छेउमा राखिएको ‘स्टाप गेज’ले देखाएको पानीको सतह बारेको जानकारी तत्कालै जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र र जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयमा गराउँछन् । यसबाहेक उनले पानीको सतह बढेका बेला तल्लो तटीय क्षेत्रका समुदायलाई पनि टेलिफोनमार्फत सम्भाव