नेप्सेको नीति तथा कार्यक्रम प्रणाली विकास प्राथमिकतामा

काठमाडौं। नेपालको एक मात्र धितोपत्र दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले यस वर्षको नीति तथा कार्यक्रममा प्रणाली विकास तथा व्यवस्थापनलाई विशेष प्राथमिकतामा राखेको छ । नेप्सेले यस वर्ष प्रणाली विकास तथा व्यवस्थापनसँगै कर्मचारी तथा संगठन व्यवस्थापन, पूूँजी बजार सचेतना, भौतिक पूर्वाधार विकास तथा कार्यालय व्यवस्थापन, संस्थागत सुशासन सुदृढीकरण, अध्ययन अनुसन्धान, कारोबार अनुगमन तथा सुपरिवेक्षण, विनियम तथा कार्यविधि तर्जुमा एवम् परिमार्जन र जोखिम व्यवस्थापन तथा अनुपालनका शीर्षकमा विभिन्न कार्यक्रम गर्ने योजना अघि सारेको छ । धितोपत्र दोस्रो बजारलाई अनलाइन प्रविधिमार्फत सबै नेपालीलाई सहज रूपमा विश्वभरबाट कारोबार गर्न सक्ने अवसर प्रदान गर्दै आएको नेप्सेले यस वर्ष प्रणाली विकासका लागि अन्तरराष्ट्रिय स्तरको टेस्टेड अनलाइन ट्रेडिङ सफ्टवेयर किन्ने योजना अघि सारेको छ । नट्समा प्रयुक्त सफ्टवेयर नवीकरण गर्ने, हार्डवेयर, वेबसाइट, पावर सिस्टमलगायत अन्य सेवाको सुनिश्चितताका लागि वार्षिक मर्मत सम्भार सम्झौता गर्ने योजनासमेत नेप्सेको यस वर्षको नीति तथा कार्यक्रममा रहेको छ । कार्यालय उपकरण सञ्चालनका लागि आवश्यक लाइसेन्स, सफ्टवेयर, हार्डवेयर किन्ने योजना पनि नेप्सेको रहेको छ । नेप्सेले नयाँ डेटा सेन्टर निर्माण गर्ने कार्यक्रमसमेत यस वर्ष समेटेको छ । डिम्याट खाता खोल्नेको संख्या ५८ लाखभन्दा बढी पुगिसकेको र धितोपत्र दोस्रो बजारमा समेत १६ लाखभन्दा बढी लगानीकर्ता सहभागी भइसकेको अवस्थामा प्रविधिको विकासलाई नेप्सेले विशेष प्राथमिकतामा राखेको सूचना अधिकारी मुराहरि पराजुलीको भनाइ छ ।  विगत २ वर्षदेखिको आईपीओ निष्कासनको योजनालाई समेत यस वर्ष पूरा गर्ने योजनामा नेप्से रहेको जानकारीसमेत पराजुलीले दिएका छन् । अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त गरी आईपीओ जारी गर्ने पराजुलीको भनाइ छ । हाल नेप्सेको चुक्ता पूँजी ५० करोड रुपैयाँ रहेको छ । नयाँ स्टक एक्सचेन्जका लागि नेपाल धितोपत्र बोर्डले ३ अर्ब चुक्ता पूँजीको व्यवस्था गरी लाइसेन्स वितरणको तयारी भइरहेको छ । यो व्यवस्था नेप्सेका लागि लागू नभए पनि प्रतिस्पर्धी रूपमा अघि बढ्न पनि नेप्सेले आईपीओ जारी गरी सर्वसाधारणको समेत स्वामित्व कायम गर्न आवश्यक देखिन्छ । नेप्सेको नीति तथा कार्यक्रममा समेटिएका महत्त्वपूर्ण बुँदा :  अन्तरराष्ट्रियस्तरको टेस्टेड अनलाइन ट्रेडिङ सफ्टवेयर खरीद गर्ने,   नट्समा प्रयुक्त सफ्टवेयर नवीकरण गर्ने, हार्डवेयर, वेबसाइट, पावर सिस्टमलगायत अन्य सेवाको सुनिश्चितताका लागि वार्षिक मर्मत सम्भार सम्झौता गर्ने,  नयाँ डाटा सेन्टर निर्माण गर्ने,   एसएमईज प्लेटफर्म सञ्चालनका लागि आवश्यक विनियमावली तर्जुमा गर्ने,  अर्थ मन्त्रालयबाट स्वीकृति लिई आईपीओ निष्कासन प्रक्रिया अघि बढाउने,   इन्ट्रा डे तथा ओटीसी बजार विस्तारसम्बन्धी अध्ययन गर्ने र  प्रदेश तथा स्थानीय सरकारले जारी गर्न सक्ने ऋणपत्रसम्बन्धी अध्ययन गर्ने । नेप्सेले इन्ट्राडे ट्रेडिङ तथा ओटीसी बजार विस्तार गर्ने नीतिसमेत यस वर्ष लिएको छ । यसका लागि अध्ययन गर्न परामर्शदाता छनोट र परामर्शदाताबाट अध्ययन प्रतिवेदन तयार गरी सञ्चालक समितिमा पेश गर्ने योजना नेप्सेको छ । ओटीसी बजार विनियमावली, कर्मचारी विनियमावली, आर्थिक प्रशासन विनियमावली संशोधन गर्ने कार्यक्रमसमेत नेप्सेले यस वर्षका लागि तय गरेको छ । यसका साथै जोखिम व्यवस्थापन तथा सम्पत्ति दायित्वसम्बन्धी कार्यविधि, २०७६ मा संशोधन, एसएमईज प्लेटफर्म सञ्चालनका लागि आवश्यक विनियमावली तर्जुमा गर्ने योजना पनि नेप्सेको छ । नेप्सेको यस वर्षको नीति तथा कार्यक्रममा प्रदेश तथा स्थानीय सरकारले जारी गर्न सक्ने ऋणपत्रसम्बन्धी अध्ययन गर्ने उल्लेख छ ।

सम्बन्धित सामग्री

गण्डकीको नीति तथा कार्यक्रम पारित

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित भएको छ। गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सोमबार पारित भएको हो।...

गण्डकीको नीति तथा कार्यक्रम पारित

गण्डकी सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पास भएको छ । सोमबारको संसद बैठकबाट नीति तथा कार्यक्रम पास भएको हो । २४ जेठमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम सदनमा पेश गरेका थिए ।त्यसपछि दफावार छलफल गरेर सोमबार पास गरिएको हो । योसँगै सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ । १ असारमा बजेट प्रस्तुत गर्ने कार्यसूची छ । सरकारले आगामी वर्षको लागि ३६ देखि ३८ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।यो बजेट नै बहालवाला सरकारको अन्तिम बजेट र नीति तथा कार्यक्रम हुनेछ । संघले

कर्णालीको नीति तथा कार्यक्रम पारित

कर्णालीः कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित भएको छ। दुई दिनसम्म प्रदेश सभामा छलफल गरिएको प्रदेश सरकारको नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको हो। प्रदेश सभाको १०औँ अधिवेशनको ११औँ बैठकमा सभामुख राजबहादुर शाहीले नीति तथा कार्यक्रम पारितका लागि सभामा प्रस्ताव पेश गर्न मुख्यमन्त्री…

गण्डकी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।प्रदेशसभा भवन नदिपुरमा अहिले नीति तथा कार्यक्रम प्रस्तुतीकरण भैरहेको छ । बहालवाला सरकारको यो नै अन्तिम नीति तथा कार्यक्रम हुनेछ । संविधानतः बजेटभन्दा अघि नीति तथा कार्यक्रम पेश र पारित गर्नुपर्छ । प्रदेश सरकारले १ असारमा बजेट ल्याउँदैछ । त्यसैका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो । नीति कार्यक्रम पेश गर्न पुगेका गुरुङला

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

१० जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । नीति तथा कार्यक्रमको पूर्णपाठ पढ्नुहोस् :

मन्त्रिपरिषद्बारा नीति तथा कार्यक्रम पारित

सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । आज अपराह्न बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम छ ।

मन्त्रिपरिषद् बैठकद्वारा नीति तथा कार्यक्रम पारित

काठमाडौँ-  मन्त्रिपरिषद् बैठकले आगामी वर्ष ०७९–८० को नीति तथा कार्यक्रम पारित गरेको छ । केही समयअघि बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो।   पारित भएको  नीति तथा कार्यक्रम आज अपरान्ह ४ बजे बस्ने संसद् बैठकमा पेश हुने छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने […]

मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित

काठमाडौं, १० जेठ । सरकारले नीति तथा कार्यक्रम मन्त्रिपरिषदको बैठकबाट पारित गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । आज दिउँसो ४ बजे संघीय संसदमा राष्ट्रपति विद्या भण्डारीले नीति तथा कार्यक्रम पेस गर्नेछिन् । आजसम्म नीति तथा कार्यक्रम पेस गरिसक्नेपर्ने संवैधानिक व्यवस्था छ । आगामी जेठ १५ गते नयाँ […]

सुदूरपश्चिमको नीति तथा कार्यक्रम पारित

सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।प्रदेश सभाको आइतबार बसेको बैठकले आर्थिक वर्ष २०७८/७९ को लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम पारित गरेको हो । बिहीबार प्रदेश सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम तीन दिन सभामा छलफल गरी पारित गरिएको छ ।कोरोनाको कारण लामो समय सदन सञ्चालन गर्न नसकिने भएको […]

प्रदेश २ : नीति तथा कार्यक्रम पारित

आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम आज पारित भएको हो । सभामुख सरोजकुमार यादवले नीति तथा कार्यक्रम पारितको प्रस्ताव गर्दा विपक्षमा कोही नबोलेपछि नीति तथा कार्यक्रम सर्वसहमतिले पारित भएको घोषणा गरे। त्यसअघि मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणको अभियानमा प्रदेश सरकार पछि नपर्ने बताउँदै भने, “कोरोना महामारीको तेश्रो र चौथो लहरको कुरा आएको छ, सरकार सङ्क्रमण नियन्त्रणमा प्रतिबद्ध छ । बालबालिकाका लागि अब छुट्टै अस्पताल तयार ...