काठमाडौँ। लागुऔषध मुद्दामा पुर्पक्ष कैद सजाय कायम भई कैद भुक्तान गरिरहेका फरार व्यक्तिलाई प्रहरीले बलम्बुबाट पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–६ निवासी २६ वर्षीय राहुल तामाङ रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। तामाङ लागुऔषध मुद्दामा दोषी ठहर भई गत भदौ ५ गतेदेखि कारागार कार्यालय सिन्धुलीमा कैद भुक्तान गरिरहेका […]
बागमती। बागमती प्रदेशका जिल्लाहरूमा यस वर्ष धानबाली उत्पादनमा सामान्य वृद्धि भएको छ। बागमती प्रदेश कृषि विकास निर्देशनालयका अनुसार बागमती प्रदेशका जिल्लामा अघिल्लो वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा शून्य दशमलव २५ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको तुलनामा यस वर्ष बाढी पहिरोको प्रभाव कम परेको र रोग किराको प्रकोप पनि कम भएकाले धान उत्पादनमा वृद्धि […]
काठमाडौं । चीनले इन्टरनेट उपग्रह ‘लङ मार्च–८ ए’ रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ । देशको दक्षिणी टापुको व्यावसायिक अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट इन्टरनेट सेवाका लागि प्रयोग हुने उपग्रहको एक समूहसहित उडेको रकेटले न्यून पृथ्वी कक्षमा रहेका इन्टरनेट उपग्रहहरूको १७औँ समूहलाई निर्धारित कक्षमा सफलतापूर्वक पक्षेपण गरेको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । लङ मार्च–८ ए’ चीनले विकास […]
काठमाडौं – रौतहटमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना कामदार घाइते भएका छन् । कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा शनिबार बिहान पानी तताउने कन्टेनर विस्फोट हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा थप ६ जना कामदार घाइते भएका छन्। इलाका प्रहरी कार्यालय कटहरियाका अनुसार विष्फोटमा परेर कटहरिया नगरपालिका–९ का अन्दाजी […]
सुर्खेत। गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१ टेम्पो पार्कको सडकमा उनलाई गाडीले ठक्कर दिएको थियो। प्रहरीका अनुसार मदिरा सेवन गरेका बुढा सडकमा सुतिरहेको अवस्थामा अज्ञात गाडीले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। उनको प्रदेश अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको […]