खडेरीले सुक्यो गहुँबाली

म्याग्दी । लगातारको खडेरीले म्याग्दीसहित धवलागिरि क्षेत्रमा लगाइएको गहुँबाली सुकेको छ । यो वर्ष हिउँदे वर्षा नहुँदा गहुँबाली सुकेको किसानले बताएका छन् । फागुन अन्तिम साता लागिसक्दा समेत हिउँदे वर्षा हुन सकेको छैन । बेनी नगरपालिका–२ का किसान चन्द्रबहादुर कार्कीले लामो समयदेखिको खडेरीका कारण गहुँबाली सुकेको बताए । ‘खडेरीका कारण गहुँबाली सुकेको छ भने खेत बाँझै छन्, पानी नपर्दा बाँझो जमीनमा मकै रोप्नसमेत ढिलाइ भएको छ,’ उनले भने । गहुँबाली सुकेपछि यहाँका किसान चिन्तित छन् । सिँचाइको सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव बढी परेको किसानले बताएका छन् । सिँचाइ सुविधा नभएकै कारण खेतमा लगाएको गहुँबाली सुकिसकेको पुलाचौरका किसान टेकबहादुर विकले बताए । ‘खडेरीका कारण अधिकांश गहुँबाली सुकिसकेको छ । अझै पानी पर्ने छाँटकाँट छैन । यो वर्ष भोकमरी हुने सम्भावना बढेको छ,’ उनले भने । खडेरीले गहुँबाली सुकेपछि घरपरिवार कसरी पाल्ने भन्ने चिन्ता थपिएको मालिका गाउँपालिका–५ का किसान डेकबहादुर बुढाले बताए । खडेरीका कारण जनजीवन प्रभावित भएको उनको भनाइ छ । सिँचाइ सुविधा नभएका उच्च लेकाली र हिमाली क्षेत्रमा गहुँबाली सुकेको उनले बताए । बर्खे बालीमध्येको मकैमा जंगली जनावरले क्षति पुर्‍याउँदा हरेक वर्ष उत्पादनमा कमी आउन थालेको छ । हिउँदमा खडेरीका कारण उत्पादनमा कमी आउने तथा वर्षामा जंगली जनावरले क्षति पुर्‍याउने गरेको किसानहरू बताउँछन् । यहाँका किसान सिँचाइका लागि हिमपात र वर्षाको पर्खाइमा छन् । हिमपात नहुँदा हिउँदे बालीमा सिँचाइको अभाव भएपछि अन्नबालीको उब्जनी घट्ने सम्भावना बढेको मुनाका किसान थमबहादुर घर्तीको भनाइ छ । म्याग्दीमा कुल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमीन रहेकोमा १९ हजार चार सय ९८ हेक्टर जमीनमा खेती हुँदै आएको छ । खेती गरिएकोमध्ये ६ हजार १३ हेक्टर अर्थात् ३० दशमलव ८ प्रतिशतमा मात्र सिँचाइ सुविधा छ । रासस

सम्बन्धित सामग्री

हात्तीबाट गहुँबाली जोगाउन रातभर जाग्राम

कञ्चनपुर– जङ्गली हात्तीको बथानबाट गहुँबाली जोगाउन शुक्लाफाँटा नगरपालिका– ३ का किसान रातभर जाग्राम बस्न बाध्य भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने हात्तीको बथान भगाउन स्थानीय किसान खेतमै आगो बालेर रातभर जाग्राम बस्दै आएका छन् । झन्डै एक महिनादेखि नियमित रूपमा हात्तीको बथान स्थानीय किसानका खेतमा छिरेर गहुँबालीमा व्यापक नोक्सानी पुर्‍याउँदै आएको छ । हालसम्म […]

मेलापातमा भोट माग्दै उम्मेदवार

कालीकोटका मतदातालाई आगामी मङ्सिर ४ गतेको चुनावभन्दा मेलापातकै चटारो बढी छ । यही कात्तिक र मङ्सिर महिनामा अन्नबाली भित्र्याउने र अन्नबाली लगाउने समय भएकाले मतदातालाई  मेलापातकै चटारो भएको हो ।धानबाली भित्र्याउने र गहुँबाली लगाउने महिना भएकाले मतदाता खेतीबालीमा व्यस्त रहने गरेका छन् । मतदाता कोही गहुँबाली लगाउने कोही धानबाली भित्र्याउन खेतबारीमा रमाउने गरेका छन् ।कालीकोट नरहरिनाथ गाउँपालिका–९ लालुका भीमबहादुर रावलले गहुँबाली लगाउन र  धानबाली भित्र्याउन व्यस्त रहेको बताए ।  &ld

बैतडीका किसानलाई गहुँ भित्र्याउने चटारो

बैतडी– बैतडीसहित विभिन्न ठाउँका किसानहरुलाई गहुँबाली भित्र्याउने चटारो चलेको छ । यतिबेला किसानहरू आ-आफ्नो खेतबारीमा गहुँ भित्र्याउन व्यस्त रहेका छन् । अरु वर्षको तुलनामा यसवर्ष गहुँबाली सप्रिएको किसानले बताएका छन् । यसपालि समयमा वर्षा हुँदा र असिनाले क्षति नगरेकाले गहुँबाली फस्टाएको सुर्नया-४ का किसान हरिना महराले बताइन् । खेतमा लगाएको गहुँबाली सप्रिएपछि बजारबाट किन्नु नपर्ने […]

किसानलाई गहुँ भित्र्याउने चटारो

बैतडी । बैतडी सहित विभिन्न ठाउँका किसानहरुलाई गहुँबाली भित्र्याउने चटारो चलेको छ । यतिबेला किसानहरु आ–आफ्नो खेतबारीमा गहुँ भित्र्याउन व्यस्त रहेका छन् । अरु बर्षको तुलनामा यसबर्ष गहुँबाली सप्रिएको किसानले बताएकाछन् । यसपाली समयमा बर्षा हुदाँ र असिनाले क्षति नगरेकाले गहुँबाली फस्टाएको सुर्नया ४का किसान हरिना महराले बताइन् । खेतमा लगाएको गहुँबाली सप्रिएपछी बजारबाट किन्नु […] The post किसानलाई गहुँ भित्र्याउने चटारो appeared first on राजधानी राष्ट्रिय दैनिक.

आकाशेपानीको भरमा हरियाली देखिएको गहुँबाली

जाजरकोट, १९ फागुन । जाजरकोटको बारेकोट गाउँपालिका –४ मैनागाउँमा आकाशेपानीको भरमा हरियाली भएको गहुँबाली र निर्माणाधीन अवस्थामा रहेको जुम्ला जोड्ने सडक । तस्बिरः हेमन्त केसी ।÷रासस

कान्जी हाउसका गाई–गोरु छाड्दा बाली नोक्सान

कैलालीको जानकी गाउँपालिका–६ सुवर्णपुरमा बनाइएको कान्जी हाउसका गाई–गोरुले स्थानीयवासीको गहुँबाली नोक्सान गरेका छन् । कान्जी हाउसमा राखिएका गाईगोरु एकैपटक खुला गरिदिएपछि सुवर्णपुरका एक दर्जन किसानको गहुँबाली पूरै मासिएको हो । “मेरो चार बिघा लगाएको गहुँ पूरै नास गरेका छन्”, स्थानीयवासी गणेश चौधरीले भने, “छाडा गाईगोरु कान्जी हाउसमा हुलिएका छन् भन्नेमा थियौँ एक्कासी खोलिदिएपछि गाउँमा मलगायत धेरै किसानको गहँुबाली नास भएको छ ।” उनले कान्जी हाउसका गाई–गोरुल

पहिराले गहुँबाली बगायो, २० घर उच्च जोखिममा

बाजुरा। स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा गएराति पहिरो खस्दा पाकेको गहुँबाली बगाएको छ। निरन्तर आएको अविरल वर्षाका कारण पहिरो गएपछि गहुँ, जौं बारी बगाएको हो। पहिरोले करिब २० परिवारको गहुँबाली बगाएको बताइएको छ। पहिरोले २० घर जोखिममा रहेको स्थानीयवासी मेघराज शाहीले बताए।

गहुँबाली

बाजुराको बुढीगंगा नगरपालिका–५ नवाघर जिउलाको खेतमा पाक्न लागेको गहुँबाली । तस्बिर : प्रेम रौले, बाजुरा, रासस