पिपुल्स हाइड्रोको निष्काशन तथा बिक्री प्रबन्धक बन्यो सानिमा क्यापिटल

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त भएको

सम्बन्धित सामग्री

सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बाँडफाँट

८ चैत, काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले आईपीओ निष्कासनको लागि नियुक्त गरेको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल बुधबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले २६ फागुनदेखि ३० फागुनसम्म प्रतिकित्ता १०० अंकित मूल्यका ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर […]

आइतवारसम्म सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ करीब ८ लाखले भरे

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ फागुन २८ गतेसम्म ७ लाख ८२ हजार २२९ जनाले भरेका छन् । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले दिएको जानकारीअनुसार फागुन २८ गते साँझ ५ बजेसम्म यी आवेदकहरूबाट ९३ लाख १७ हजार ६७० कित्ता शेयर खरीद माग भएको हो । जुन मागभन्दा २ दशमलव १९ गुणा बढी आवेदन हुन आउँछ ।  कम्पनीले फागुन २६ गतेदेखि सर्वसाधारणका लागि ४२ लाख ४८ हजार ९३८ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरूमा आईपीओ बाँडफाँट गरिसकेको छ । आयोजना प्रभावित स्थानीयमा ३३ लाख ३२ हजार ५०० कित्ता, वैदेशिक रोजगारीमा गएका नेपालीमा ४ लाख ९९ हजार ८७५ कित्ता, सामूहिक लगानी कोषमा २ लाख ४९ हजार ९३७ कित्ता र कर्मचारीहरूमा १६ लाख ६६ हजार २५० कित्ता शेयर बाँडफाँट गरिसकिएको छ ।  मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीको आईपीओ फागुन ३० गतेसम्म मात्र विक्रीमा रहनेछ । न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डकाट स्वीकृति प्राप्त सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।  आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । कम्पनीले ताप्लेजुङ जिल्लामा ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनको कुल लागत १३ अर्ब ३३ करोड रुपैयाँ र प्रतिमेगावाट लागत १८ करोड २६ लाखभन्दा बढी हुने अनुमान गरिएको छ । ७४ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको यस आयोजनाबाट २०८० साल भदौ २६ गतेदेखि व्यापारिक उत्पादन गर्ने लक्ष्य लिइएको छ । कम्पनीमा हाल संस्थापकतर्फबाट चुक्ता भएको पूँजी रू. २ अर्ब ३३ करोड २७ लाख ५० हजार रूपैयाँ रहेको छ । सर्वसाधारणमा सम्पूर्ण कित्ता शेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ३३ करोड २५ लाख कायम हुनेछ । संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व रहेको कम्पनीमा सर्वसाधारणतर्फ स्थानीयमा १० प्रतिशत, कर्मचारीमा ५ प्रतिशत र वैदेशिक रोजगारीमा रहेको नेपाली कामदार तथा सामूहिक लगानी कोषसहित सर्वसाधारणमा १५ प्रतिशत शेयर कायम हुनेछ ।

महालक्ष्मी लाइफको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

महालक्ष्मी लाइफ इन्स्योरेन्सले आईपीओ (धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन) गर्ने भएको छ ।कम्पनीले वार्षिक साधारणसभाबाट स्वीकृत भएको जारी पुजी दुई अर्बको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको हो ।आईपीओ निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । आईपीओ निष्कासनका लागि सोमबार बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा महालक्ष्मी […]

सिनर्जी पावरको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।कम्पनीले हाल कायम चुक्तापुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको आधारमा प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ […]

मुक्तिनाथ बैंकको डिबेञ्चर नेप्सेमा सूचीकृत

काठमाडौं । मुक्तिनाथ विकास बैंकको डिबेञ्चर नेप्सेमा सूचीकृत भएको छ । मुक्तिनाथ डिबेञ्चर/ऋणपत्र २०८४/८५ को प्रतिकित्ता १ हजारका दरले १२ लाख ५० हजार कित्ता नेप्सेमा सूचीकृत भएको बैंकले जनाएको छ । बैंकका अनुसार आर्थिक वर्ष २०८४/८५ मा परिपक्व हुने यस ऋणपत्रमा वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा दिइने छ । सानिमा क्यापिटल धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक […]

विन्ध्यवासिनी हाइड्रोपावरले २५ करोड बराबरको साधारण शेयर निष्कासन गर्ने

१३ साउन, काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले स्थानीयवासी तथा सर्वसाधारण लगानीकर्तालाई उक्त परिमाणको शेयर जारी गर्ने जनाएको छ । शेयर निष्काशनको लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । सो …