दियालो र टुकी बल्ने खार्पुनाथमा अब सोलारको उज्यालो झिलिमिली

सिमकोट – हुम्लाको खार्पुनाथ गाउँपालिका-२ का सम्पूर्ण घरधुरीमा सोलार प्यानल जडान गरेर बत्ती भिलिमिली भएको छ। सोलार प्यानल जडानसँगै वर्षौदेखि दियालो बाल्दै आएका गाउँवासीको झन्झट पनि हटेको छ। यसअघि घाम लागेका बेला सोलार टुकी र नलागेका बेला सल्लाको दियालो बाल्दै आएका खार्पुनाथ गाउँपालिका-२ घरमा एक्कै पटक पाँच वटा बत्ती बल्ने सोलार जडान भएका छन्। सबै […]

सम्बन्धित सामग्री

विद्युत् नपुगेका गाउँमा सोलार बत्ती

ढोरपाटन नगरपालिका-९ छ्यान्तुङकी थमकुमारी भण्डारी अहिले ७० वर्ष पूरा भइन्। उनले अहिलेसम्म टुकी र दियालो बालेर रात कटाउँदै आएकी थिइन्।...

विद्युत् नपुगेका गाउँमा सोलार बत्ती

बाग्लुङ- ढोरपाटन नगरपालिका–९ छ्यान्तुङकी थमकुमारी भण्डारी अहिले ७० वर्ष पूरा भइन् । उनले अहिलेसम्म टुकी र दियालो बालेर रात कटाउँदै आउनुभएको थियो । वर्षौँदेखि अन्धकारमा जीवन बिताउँदै आउनुभएकी भण्डारीको घर आजभोलि उज्यालो बनेको छ । उनले भनिन्, “गाउँ अहिलेसम्म अन्धकारमा थियो, नगरपालिकाले सोलार बत्ती वितरण गरेपछि ...

थाली गाउँ झिलीमिली

काठमाडौँ,२४ असार । उच्च हिमाली जिल्ला हुम्लाको सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिका–२ का घरधुरीमा सोलार प्यानल जडान गरिएको छ । सोलार प्यानल जडानसँगै वर्षौंदेखि दियालो बाल्दै आएका वडा नं २ थाली गाउँवासीको झन्झट पनि हटेको छ । यसअघि घाम लागेका बेला सोलार टुकी र नलागेका बेला सल्लाको दियालो बाल्दै आएका खार्पुनाथ –२ घरमा एकैपटक पाँच बत्ती […]

गाउँमा बिजुली बलेपछि दियालोबाट छुटकारा

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेस्थित निपानेगाउँमा बिजुली बलेपछि स्थानीय बासिन्दाले उज्यालो देख्न पाएका छन्। विकट पहाडी क्षेत्रमा अवस्थित सो गाउँमा लक्ष्मीपूजाका दिन पहिलोपटक बिजुली विस्तार भएर गाउँ झलमल्ल भएपछि स्थानीय बासिन्दाले उज्यालो देख्न पाएका हुन्। यसअघि गाउँमा बिजुली नहुँदा दियालो र सोलार टुकी तथा अन्य वैकल्पिक व्यवस्था गर्न बाध्य हुनुपर्ने अवस्था रहेको स्थानीयवासी धनबहादुर पुलामी मगर जानकारी दिए। उनले भने,‘गाउँमा पहिलो पटक बिजुली पुग्दा अन्धकारमु

दसैंको मुखमा चिमचिमे नाकामा पहिलोपटक पुग्यो विजुली

रुपन्देही । लुम्बिनी प्रदेशको स्थायी राजधानी भएको दाङ देउखुरी गढवा गाउँपालिकाको एक गाउँमा विद्युत पुग्दा स्थानीय खुसी छन् । दसैंको मुखमा गढवा गाउँपालिका वडानम्बर २ चिमचिमे नाकाका ८५ घरधुरीले सल्लाको दियालोबाट मुक्त भएर उज्यालो देख्न पाएका हुन् । यसअघि गाउँमा बिजुली नहुँदा सल्लाको दियालो र सोलार टुकी तथा अन्य वैकल्पिक व्यवस्थाबाट उज्यालो बाल्नुपरेको थियो । भारतसँग […]

दाङ : बगासोतीखर्कका १३ घरमा सोलार बत्ती जडान

दाङ - दाङको देउखुरी राप्ती गाउँपालिका–१ बगासोतीखर्कका १३ घरमा सोलार बत्ती जडान गरिएको छ । वर्षाैँदेखि सल्लाको दियालो, टुकी र लालटिनको उज्यालोमा बसेका स्थानीयवासी घरमा सोलार जडान भएपछि खुशी भएका छन ।  स्थानीय चेतमान बुढाले गाउँमा वडाले सोलारको व्यवस्था गरेपछि पहिलेजस्तो अँध्यारोमा बस्नुपर्ने बाध्यता हटेको बताउनुभयो । स्थानीय सुशीला बुढाले पनि वर्षाैँवर्ष अन्धकारमा जीवन बिताएकाे र अहिले गाउँमा सोलार जडान भएपछि निकै खुसी लागेको बताउनुभयो । ‘घरको काम रातिसम्म गर्नुपर्छ, जसले गर्...

मुदीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार

असार १३, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले मुदीमा शनिवार साँझ केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरेको हो ।  प्राधिकरणका प्राविधिक रवीन्द्र भण्डारीले मुदीका २५० घरमा विद्युतीकरण भएको जानकारी दिए । ‘मिटर जडान गरेका सबै घरमा बिजुली बलेको छ’, उनले भने, ‘सोही वडाको खाम्ला, खारा र बाँसबोटका ६५ घरमा यसअघि नै विद्युतीकरण भइसकेको छ ।’ ताकम, मच्छिम, फलियागाउँ, मुना, दर हुँदै विस्तार गरिएको केन्द्रीय प्रसारण लाइन वितरणका लागि मुदी र खाम्लामा एक/एक सय एमभिए क्षमताका दुई ओटा ट्रान्सफर्मर राखिएको छ ।  मुदीमा विद्युत् विस्तार गर्न त्यहाँ सडक नपुग्दै विसं २०७६ चैतको पहिलो हप्ता धवलागिरिले वडा नम्बर ७ काउसीबोटबाट हेलिकप्टरमार्फत दुई ओटा ट्रान्सफर्मर ढुवानी गरेको थियो । विसं २०७७ असारमा मुदी सडक सञ्जालमा जोडिएको थियो । खाम्लामा अझै सडक सुविधा छैन ।  उज्यालोका लागि सोलार, मट्टितेलको टुकी, दियालो र सिट्ठामा निर्भर स्थानीयवासीमा बिजुली बलेपछि खुसीयाली छाएको छ । घरायसी काम गर्न तथा विद्यार्थीलाई अध्ययन गर्न सहज हुनुका साथै उद्यम व्यवसाय सञ्चालन गर्ने अवसर सिर्जना भएको स्थानीयवासी गणेश पुनले बताए ।  विसं २०७६ चैतमा वायरिङ गरिए पनि कोरोना, बन्दाबन्दी र निषेधाज्ञाका कारण विद्युतीकरण प्रभावित भएको थियो । प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख प्रशान्त झाले धवलागिरिको फलिगाउँ, मुना, दर र मङ्गलाको अर्मनमा चालू आर्थिक वर्षभित्रै विद्युतीकरण गर्न लागिएको बताए ।  मुनास्थित गाउँपालिकाको कार्यालयमा विद्युतीकरण भइसकेको छ । मुदीको थलडाँडामा रहेको नेपाल टेलिकमको बिटिएस टावरमा पनि विद्युत विस्तार गरिएको छ । दर हुँदै थलडाँडासम्म विद्युत् विस्तार गर्न गाउँपालिकाले लगानी गरेको छ । मुदी र मुनाका सबै घरधुरीमा विद्युतीकरण भएपछि धवलागिरिलाई उज्यालो पालिका घोषणा गर्ने तयारी छ ।  यसअघि धवलागिरिको वडा नं ७ ताकम र वडा नं ६ मराङको करीब डेढ सय घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगिसकेको छ । विसं २०७६ कात्तिकमा वडा नं २ लुलाङमा लघुजलविद्युत् र वडा नं ४ कै बगरमा सौर्य ऊर्जामार्फत विद्युतीकरण गरिएको छ ।  गुर्जा, मल्कवाङ, खिवाङ र मराङमा लघुजलविद्युत् परियोजनामार्फत विद्युतीकरण गरिएको छ । पालिकाका सबै घरमा केन्द्रीय लाइन, लघुजलविद्युत् र सौर्य ऊर्जामध्ये कुनै एक माध्यमको विद्युत सुविधा पु¥याउने गाउँपालिकाको योजना छ । लघुजलविद्युत् परियोजना नभएका र केन्द्रीय लाइन नपुग्ने १२० घरधुरीलाई प्रदेश सरकारमार्फत गत कात्तिकमा ५० वाट क्षमताको सोलार सेट वितरण गरिएको थियो । रासस

गाउँमा बिजुली बल्दा सल्लाको दियालोबाट छुटकारा - Purbeli News

सिमकोट / निर्माण कार्य शुरु गरेको करिब १० वर्षपछि बिजुली बलेपछि हुम्लाको उत्तरी गाउँका स्थानीय बासिन्दाले उज्यालो देख्न पाएका छन् । सिमकोट गाउँपालिका–८ स्थित खोल्सी तथा नाम्खा गाउँपालिका–३ का लामाखोल्सी, खगाल गाउँ र गुम्बाका गरेर २५० घरधुरीले सल्लाको दियालोबाट मुक्त भएर उज्यालो देख्न पाएका हुन् । यसअघि गाउँमा बिजुली नहुँदा सल्लाको दियालो र सोलार टुकी...