दाङ : बगासोतीखर्कका १३ घरमा सोलार बत्ती जडान

दाङ - दाङको देउखुरी राप्ती गाउँपालिका–१ बगासोतीखर्कका १३ घरमा सोलार बत्ती जडान गरिएको छ । वर्षाैँदेखि सल्लाको दियालो, टुकी र लालटिनको उज्यालोमा बसेका स्थानीयवासी घरमा सोलार जडान भएपछि खुशी भएका छन ।  स्थानीय चेतमान बुढाले गाउँमा वडाले सोलारको व्यवस्था गरेपछि पहिलेजस्तो अँध्यारोमा बस्नुपर्ने बाध्यता हटेको बताउनुभयो । स्थानीय सुशीला बुढाले पनि वर्षाैँवर्ष अन्धकारमा जीवन बिताएकाे र अहिले गाउँमा सोलार जडान भएपछि निकै खुसी लागेको बताउनुभयो । ‘घरको काम रातिसम्म गर्नुपर्छ, जसले गर्...