म्युजिकल सिनेमा ‘तिमी छौ र त’

गायक यश कुमारको शब्द, सङ्गीत र स्वर रहेको गीत ‘तिमी छौ र त’ को भिडियो सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित म्युजिकल सिनेमा भनिएको भिडियो सार्वजनिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गीतसङ्गीतले समाजमा सकारात्मकता प्रवाह गर्ने भन्दै सर्जकको प्रशंसा गर्नुभयो ।

सम्बन्धित सामग्री

चलचित्र बिकास बोर्ड तात्यो, हल अनुगमन गर्ने

काठमाडाैं । चलचित्र विकास बोर्डले सिनेमा हलहरूको अनुगमनमा कडाई गर्ने भएको छ । बोर्डका सदस्य तथा बक्स अफिस अनुगमनका संयोजक राज कटुवालका अनुसार पछिल्लो समय केही सिनेमा हलहरूले नियम बिपरित सिनेमा प्रदर्शन गरेको र बक्स अफिस रिपोर्ट पनि बोर्डमा उपलब्ध नगराएका कारण हलहरूलाई कारबाही गर्न लागिएको हो ‘ केही हलहरूलाई हामीले सचेत पनि गराएका छौ […] The post चलचित्र बिकास बोर्ड तात्यो, हल अनुगमन गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

काठमाडौंमा चलिरहेको सपिङ कम्पलेक्समा ३ हजारमै सटर, २ वर्षसम्म भाडा पनि नबढ्ने !

माघ ४ काठमाडौं । तपाईं भाडामा बसिरहेको कोठाको मासिक भाडा कति तिर्नुहुन्छ ? ४ हजार ? ५ हजार ? वा ६/७ हजार ? तर कलंकीमा सञ्चालनमा रहेको नेशनल बिजनेश ट्रेड सेन्टर (एनबीटीसी) सपिङ कम्पलेक्समा भने मासिक ३ हजार रुपैयाँ देखिनै सटर लिन पाइन्छ । त्यो पनि १/२ महिनाको लागि होइन, पूरा २ वर्षको लागि । कम्पलेक्स रहेको ठाउँ कलंकी वरपर सामान्य कोठाको भाडा नै ५ हजार रुपैयाँ भन्दा बढी छ । तर कोभिड महामारीका कारण व्यावसायमा असर परेपनि व्यापारीलाई अफ्ठेरो नपरोस भनेर २ वर्षसम्म ७० प्रतिशत भाडा छुट दिएका कारण एनबीटीसीको सटर भाडा भने वरपर पाइने कोठाको भाडा भन्दा पनि सस्तो भएको हो । दुई वर्षपछि पनि सटरको भाडा धेरै महँगोपर्ने देखिन्न । प्रतिवर्गफिटर १२० रुपैयाँ देखि २०० रुपैयाँसम्म मात्रै भाडा रहेकोले १०० वर्गफिटको सटरको भाडा १२ देखि २० हजार रुपैयाँ सम्म मात्रै पर्छ । सञ्चालनमा रहेका मध्ये नेपालकै सबैभन्दा ठूलो लसेल कम्पलेक्समा एक हजार सटर छन् । त्यो मध्ये करीब तीन सय सटर खाली रहेको कम्पलेक्सको भनाई छ । न्युरोडका होलसेल व्यवसायीहरु मिलेर बनाएको उक्त कम्पलेक्स सञ्चालनमा आइसकेको छ । सिनेमा हल सहितको कम्पलेक्समा खुद्रा व्यवसाय भने गर्न पाइदैन । कोभिडका विभिन्न भेरियन्टका कारण व्यावसाय विस्तारमा समस्या रहेको र तत्काल व्यावसाय नभएपनि व्यापारीलाई आर्थिक भार नपरोस भनेर २ वर्षसम्म कूल भाडाको ७० प्रतिशत छुट दिने निर्णय भएको एनबीटीसीका सञ्चालक चिरञ्जीवी पौडेलले बताए । यो बीचमा सबैकुरा ठिकठाक भएर राम्रै व्यापार भयो भने पनि कम्पनीले २ वर्षसम्म थप भाडा माग्दैन । पौडेलले भने, २ वर्षपछि भने सम्झौता गरिएको भाडामा ५ देखि १० प्रतिशतका दरले बढ्दै जान्छ । अहिले कम्पलेक्समा प्रतिवर्गफिट २०० रुपैयाँ पर्ने सटरको भाडा पनि जम्मा ६ हजार रुपैयाँ मात्रै पर्छ । २ वर्षसम्म मासिक ६ हजार रुपैयाँमा काठमाडौंका कुनैपनि ठाउँमा सटर नपाउने एनबीटीसीका व्यवस्थापक शैलेश चित्रकारले दावी गरे । नयाँ व्यवसाय गर्ने साथीहरुलाई पनि व्यवसाय गर्ने हिम्मत आओस भनेर २ वर्षसम्म ७० प्रतिशत छुट दिएको चित्रकारको भनाई छ । ‘कोभिडको बेलामा धेरै ठाउँमा घरबेटीले कोठाबाट निकालेको, सटर खाली गराएको समाचार सुनेका थियौं ।’ चित्रकारले भने, ‘महामारी कहिले सकिन्छ भनेर एकिन नभएको बेलामा नयाँ व्यवसाय शुरु गर्ने साथीहरु डराएका पनि हुन सक्छन् । त्यसकारण २ वर्षसम्म कोठाभाडा भन्दा सस्तो दरमा सपिङ कम्पलेक्सका सटर भाडामा दिएका छौ ।’

नोट मेला

तिमीहरूले नोट त देखेकै छौ । किताब कलम, मिठाई र राम्रो लुगा किन्न मात्र होइन स्कुलको फी तिर्न, सिनेमा हेर्न वा अरूबाट जुनसुकै काममा सहयोग लिन पैसा नभई हुन्न । पैसा नभए हाम्रा धेरै आवश्यकता पूरा गर्न अप्ठेरो हुन्छ । त्यसकारण हाम्रो जीवनमा पैसाको ठूलो महत्त्व छ ।