वार्षिक २७ हजारभन्दा बढीको ज्यान जाने सुर्तीजन्य पदार्थमा कम कर !

काठमाडौं । सरकारले सुर्तीजन्य पदार्थमा लगाउने करको दर छिमेकी मुलुकको तुलनामा कम भएको एक अध्ययनले देखाएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको अध्ययनले सुर्तीजन्य वस्तुमा कम दरमा कर लागिरहेको देखाएको हो ।  अध्ययनअनुसार नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण लाग्ने रोगबाट वार्षिक २७ हजारभन्दा बढीको ज्यान जाने गरेको छ । अध्ययन प्रतिवेदनमा सुर्तीजन्य पदार्थमा करको दर बढाउन सिफारिश पनि गरिएको छ । प्रतिष्ठानले गरेको अध्ययनअनुसार भारतमा सन् २००८ सालमा अत्यधिक विक्री हुने ब्रान्डको सुर्तीजन्य पदार्थमा खुद्रा मूल्यको ४५ दशमलव ७६ प्रतिशत कर लाग्थ्यो । सन् २०१८ मा करको दर बढेर खुद्रा मूल्यको ५४ दशमलव शून्य ४ प्रतिशत पुगेको छ ।  उच्च करले गर्दा भारतमा सुर्तीजन्य पदार्थको व्यापकता दर घटाएको मानिएको छ । तर, नेपालमा उक्त कर सन् २००८ मा २४ दशमलव २७ प्रतिशत र सन् २०१८ मा ३० प्रतिशत मात्र रहेको अध्ययनले पत्ता लगाएको छ । ‘सुर्तीजन्य पदार्थको नियन्त्रण गर्न त्यसमा लगाइने कर निकै प्रभावकारी जुक्ति हो । तर, कर बढाउँदा अवैध व्यापारलाई प्रोत्साहन मिल्छ भन्ने सरकारको मानसिकताले करको दर बढ्न सकेको छैन,’ प्रतिवेदनमा भनिएको छ । सुर्तीजन्य पदार्थमा र त्यसको असरका कारण गर्नुपर्ने स्वास्थ्योपचारमा हुने प्रत्यक्ष खर्च र सुर्तीजन्य पदार्थ सृजित बिमारीका कारण परिवारको उत्पादकत्वमा समेत नकारात्मक असर पर्ने गरेको अध्ययन प्रतिवेदनले देखाएको छ । प्रतिवेदनअनुसार सुर्तीजन्य पदार्थका कारण वार्षिक कुल गार्हस्थ्य उत्पादनको १ दशमलव शून्य ४ प्रतिशत आर्थिक क्षति हुने गरेको छ । ‘यति ठूलो आर्थिक क्षति गर्ने कारणलाई दृष्टिगत गरी सुर्तीजन्य पदार्थमा करको दर बढाउनु जित जितको अवस्था हो, किनकि करका कारण उपभोग कम भएर जनस्वास्थ्यमा सुधार हुने, आर्थिक क्षति कम हुने र सरकारलाई राजस्व प्राप्त हुने भएकाले  सबैलाई फाइदा हुन्छ,’ प्रतिवेदनमा भनिएको छ । कर वृद्धिका कारण सुर्तीजन्य पदार्थको मूल्य बढ्ने र खपत घट्ने प्रतिवेदनमा उल्लेख छ । ‘सुर्तीजन्य वस्तुको मागमा लचकता नहुने भएकाले करको दर बढाउँदा स्वतः राजस्व पनि वृद्धि हुन्छ । यो वास्तविकता हुँदाहुँदै पनि नेपालमा सुर्तीजन्य पदार्थमा करको दर निकै कम छ र केही वर्षदेखि ती वस्तु निकै किफायती पनि बनेका छन्,’ प्रतिवेदनमा भनिएको छ । सुर्तीजन्य पदार्थमा कर बढाउँदा अवैध कारोबार बढ्ने धारणालाई अध्ययनले निराधार साबित गरेको छ । अध्ययनका क्रममा नेपालमा शून्य दशमलव ३३ प्रतिशतमात्र अवैध चुरोट फेला परेको छ । हिमाल, पहाड, तराई गरी ११ जिल्लामा ४ हजार ३ सयभन्दा बढीमा जाँच गरिएका चुरोटका प्याकेटमध्ये शून्य दशमलव ३३ प्रतिशत अवैध फेला परेको हो । अवैध चुरोटमा प्रायः जसो इन्डोनेशियामा उत्पादित छन् । ती चुरोटको प्याकेट धेरैजसो नेपाल–भारतको सीमाक्षेत्रभन्दा टाढा काठमाडौं र पोखरामा भेटिएका थिए । ती प्याकेटमा आन्तरिक राजस्व विभागबाट प्रमाणित अन्तःशुल्क स्टीकर टाँसिएको थिएन । प्रतिष्ठानका महासचिव डा. जयकुमार गुरुङले सुर्तीजन्य पदार्थमा थप कर लगाउँदा अवैध व्यापार बढ्छ भन्ने धारणा नीतिनिर्माण तहका अधिकारीमा रहे पनि अध्ययनले उक्त धारणालाई मेटाइदिएको बताए । उनका अनुसार सुर्तीजन्य पदार्थ प्रयोगमा कमी ल्याउन थप कर लगाउनु जरुरी छ ।  नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को स्वीकृतिमा चुरोटको अवैध व्यापारको स्तर जाँच्न प्रतिष्ठानले देशव्यापी अध्ययन गरेको जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

सुर्तीजन्य पदार्थ बेच्न पाइने

उच्च अदालत, पाटनले सुर्तीजन्य पदार्थ बिक्री–वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय तत्काल कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ।...

सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध

विराटनगर महानगरले साउन १ देखि सुर्तीजन्य पदार्थको किनबेच र प्रयोगमा प्रतिबन्ध लगाएको छ। नगर परिषद्को निर्णयअनुसार सबैखाले सुर्तीजन्य पदार्थ बेचबिखनमा साउन १ देखि प्रतिबन्ध लगाइएको हो।...

‘हामीलाई खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ होइन’

सुर्तीजन्य पदार्थ विरुद्ध जनचेतना अभिवृद्धि गरी यस्ता पदार्थको सेवनलाई निरुत्साहन वा प्रतिबन्ध गर्नका लागि सुर्ती उत्पादनको साटो खाद्यान्न उत्पादन बढाउन र विज्ञापनमा रोक लगाउने अभियान चलाउनु नै यस दिवसको मुख्य उद्देश्य हो।

रोकिएन सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन

काठमाडौं : काठमाडौं महानगरपालिकाले यही असोज १ गतेदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरेको भए तापनि त्यसको पालना गरेको देखिँदैन। कामपाले सार्वजनिक सूचना जारी गर्दै यही असोज १ देखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गरे १ सय रूपैयाँ जरिवाना लाग्ने सूचना सार्वजनिक गरेको थियो।रत्नपार्क, न्युरोड, असन, सुन्धारालगायत भीडभाड बढी हुने स्थानमा खुलेआम रुपमा सुर्तीजन्य पदार्थ सेवन गरिरहेको पाइएको छ। काठमाडौं महानगरका मेयर बालेन्द्र साह, सचिवालय सदस्य सुनिल लम्सालले यस स

आजदेखि काठमाडौंका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध

आजदेखि काठमाडौं महानगरपालिकाको सार्वजनिक क्षेत्रभित्र सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने भएको छ।...

सशस्त्र प्रहरीद्वारा सुर्तीजन्य पदार्थ बरामद

सिरहा : सिरहा जिल्लाको गोलबजार नगरपालिका ६ गोल बजारस्थित पूर्व–पश्चिम लोकमार्गबाट आज सशस्त्र प्रहरीले ६० बोरा सुर्तीजन्य पदार्थ बरामद गरेको छ।सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले उक्त सुर्तीजन्य पदार्थ बरामद गरेको हो।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ८२४० नम्बरको ट्रकमा शंका लागि जाँच गर्दा सुर्तीजन्य पदार्थको खोलमा जनहितमा जारी लोगो नभएको भेटिएपछि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएकाे छ।

हेटौंडामा मनाइयो सुर्तीजन्य पदार्थ रहित दिवस

हेटौंडामा सुर्तीजन्य पदार्थ रहित दिवस मनाइएको छ । सुर्तीजन्य पदार्थ रहित दिवस अवसरमा मंगलबार स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले हेटौंडामा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको हो ।निर्देशनालयले सुर्तीजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाऔँ भन्ने नारालाई सार्थक बनाउन प्रभातफेरी कार्यक्रम गरेको थियो भने दिउँसो सडक नाटक प्रदर्शन र पत्रकारहरुसँग अन्तक्रिया कार्यक्रम गरेको थियो । प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री निमा लामाले सुर्तीजन्य पदार्थ प्रय

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

काठमाण्डाै – आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस नेपालमा पनि जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । निकोटिनको लतबाट जोगाउन हरेक वर्ष मे ३१ का दिन विश्वभर सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाउने गरिन्छ । यसवर्ष ‘सुर्तीजन्य पदार्थ त्यागाैँ, स्वास्थ्य र वातावरण जोगाऔँ’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । धुवाँ आउने/नआउने सुर्तीजन्य पदार्थबाट निर्मित चुरोट, बिँडी, तमाखु, खैनी, गुट्खा वा पानपराग सुर्तीजन्य  पदार्थ हुन् । सुर्तीजन्य पदार्थको सेवनले क्यान्सरको जोखिम हुन्छ । विश्व स्वास्थ्य सङ्गठनका सदस्य ...

उद्यमीको हस्तक्षेपले नियन्त्रणमा आएन सुर्तीजन्य पदार्थ

उद्योगीको निरन्तरको हस्तक्षेपका कारण सुर्तीजन्य पदार्थ नियन्त्रणमा आउन नसकिएको देखिएको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले गरेको अध्ययनले व्यवसायीको ठाडो हस्तक्षेपले सुर्तीजन्य पदार्थ नियन्त्रणमा आउन नसकेको देखाएको हो ।यस्तै, नेपालमा सुर्तीजन्य पदार्थमाथि लगाइने कर दक्षिण एसियामै सबैभन्दा कमजोर रहेको देखिएको छ । सुर्ती उद्यमीले सामाजिक उत्तरदायित्वको नाममा गरिने प्रायोजन र विभिन्न उच्च पदस्थ व्यक्तिहरुलाई नदेखिने तवरले गरिने प्रायोजनका कारण सुर्ती नियन्त्रण हुन नसकेको देखिएको छ ।सार्वजनि

अब कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ लैजान नपाउने

काठमाडौँ – अब कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ लैजान नपाउने भएका छन् । कतार सरकारले अब कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ साथमा ल्याउन प्रतिबन्ध लगाएको नेपालमा रहेको कतारी दूतावासले जनाएको छ ।  यसका साथै सुर्तीजन्य पदार्थ बेच्नका लागि बनाइएका कुनै पनि उपकरण, सुर्तीजन्य विज्ञापन, प्रचार, स्पोन्सर हुने खालका कुनै पनि सामान पनि लैजान नपाइने कतारी दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।