काठमाडौं : काठमाडौं महानगरपालिकाले यही असोज १ गतेदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरेको भए तापनि त्यसको पालना गरेको देखिँदैन। कामपाले सार्वजनिक सूचना जारी गर्दै यही असोज १ देखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गरे १ सय रूपैयाँ जरिवाना लाग्ने सूचना सार्वजनिक गरेको थियो।रत्नपार्क, न्युरोड, असन, सुन्धारालगायत भीडभाड बढी हुने स्थानमा खुलेआम रुपमा सुर्तीजन्य पदार्थ सेवन गरिरहेको पाइएको छ। काठमाडौं महानगरका मेयर बालेन्द्र साह, सचिवालय सदस्य सुनिल लम्सालले यस स