जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाली राजनीतिमा तीन धार हुने बताएका छन् । उनले उदारवादी लोकतन्त्र, कम्युनिस्ट ब्राण्ड (समाजवादी धार) र समावेशी लोकतान्त्रिक धार रहने बताए ।काँग्रेसले उदारवादी लोकतान्त्रिक धारको प्रतिनिधित्व गर्ने उनको भनाइ छ । उनका अनुसार जति टुक्रा भए पनि कम्युनिस्ट पार्टीहरूको एउटा धार रहने र जसपाको नेतृत्वमा समावेशी लोकतान्त्रिक धार हुनेछ ।तर, उनले कम्युनिस्ट धार केही समय रहने र जसपाले प्रतिनिधित्व गर्ने धार भविष्यमा ठूलो हुने दाबी गरेका छन् ।