काठमाडौं : नेकपा एमालेबाट विभाजित भएको माधवकुमार नेपाललाई साथ नदिएका नेताहरूले पार्टी एकताका लागि जोड दिने निस्कर्ष निकालेका छन्।शुक्रबार महाराजगञ्जस्थित एक होटलमा भेला भएका उनीहरूले अहिलेको अवस्थामा देखा परेका पार्टीका समस्याहरूलाई हल गर्दै पार्टी एकतामा जोड दिने निष्कर्ष निकालेका हुन्।छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका नेता गोकर्ण विष्टले कार्यदलले बनाएको १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न लगाउने र नेकपा एमालेलाई एकजुट गर्न आफूहरू लागि पर्ने बताए।उनले सरकारले ल्याएको पार्टी व