नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले विभाजन रोक्न गरिएको १० बुँदे सहमति कार्यान्वयन हुने दावी गरेका छन् । मंगलबार धनगढीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उपाध्यक्ष रावलले यस्तो दावी गरेका हुन् ।‘१० बुँदे प्रस्ताव कार्यान्वयन हुन्छ’ उनले भने, ‘केही स्वार्थी पदका लोभीहरुले आफनो भाग खोसिने डरले अनेकन हल्ला गरिरहेका छन् त वास्तविकता त्यस्तो होइन ।’उनले कोहीकोही ताउलोमा नभई कसौंडीमा खान खोज्नेहरूले गलत हल्ला फिँजाइरहेको समेत बताए । ‘केही मान्छेहरु