काठमाडौं : अमेरिकाले रुसका विपक्षी नेता एलेक्स नाभाल्नीलाई विष दिएर हत्या प्रयास गरिएको भन्दै रुसका शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएको छ।अमेरिकाले रुसका शीर्ष गुप्तचरसहितलाई निशाना बनाएर प्रतिबन्ध लगाएको हो। अमेरिकाले रुसका सात शीर्ष अधिकारीका साथै रसायन तथा बायोलोजिकल उत्पादन क्षेत्रका १४ कम्पनीमाथि पनि प्रतिबन्ध लगाएको अमेरिकी संचारमाध्यमहरुले उल्लेख गरेका छन्।राष्ट्रपति जो बाइडेन प्रशासनले रुसमाथि लगाएको यो पहिलो प्रतिबन्ध हो। बाइडेनले रुसप्रति पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्दा कडा