नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७९/८० का लागि धितोपत्र बजार तथा विनियम बजार सम्बन्धि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।नीति तथा कार्यक्रमले हाल नसमेटिएका साना तथा मझौला, लघु एसएमईज् कम्पनीहरुलाई धितोपत्र बजारमा आउन सक्नेगरी सहजीकरण गर्ने नीति लिएको जनाएको छ । यस्तै, नीति तथा कार्यक्रमले धितोपत्र कारोबारलाई पूर्ण प्रविधिमैत्री बनाउँदै चुस्त दुरुस्त बनाउने, पुँजी बजारको दायरा फराकिलो बनाउने तथा न