जनकपुरधाम – धनुषाको एउटा स्थानीय तहले कमिसन लिएर योजनाको भुक्तानी गरेको आरोप लागेको छ। जिल्लाको औरही गाउँपालिकाले उपाध्यक्षको बिना हस्ताक्षर र कमिसन लिएर योजनाको भुक्तानी गरेको आरोप लागेको छ। गत आर्थिक वर्षमा औरही गाउँपालिकामा भएको विभिन्न कामको भुक्तानी उपाध्यक्षको हस्ताक्षरबिना कार्यालयमा नगरेर जनकपुरधाममा एउटा कोठा भाडामा लिएर बन्दकोठाभित्र गरिएको गाउँपालिकाका उपाध्यक्ष मिरादेवी सहनीले आरोप लगाएकी […]