प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिका सदस्यहरूले मेलम्ची खानेपानी आयोजनामा छानबिनको माग गरेका छन् । इटालियन ठेकेदार कम्पनी सीएमसीले ३६ करोड भुक्तानी माग गर्दा १ करोड कमिसन मागेको आरोप लगाएर सांसदहरूले निर्माणाधीन मेलम्ची खानेपानी आयोजनामा अनियमितता भएको भन्दै छानबिन समिति गठन गर्न माग गरेका हुन् ।