आजै विश्वासको मत लिने निर्णयमा एमाले फुटाउने नियत देखियो– एमाले नेता आचार्य

काठमाडौं। नेकपा एमाले नेता भीम आचार्यले प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले फुटाउने षड्यन्त्रका साथ आजै विश्वासको मत लिन खोजेको आरोप लगाएका छन्। माधव नेपाल निवासमा आन्तरिक छलफलपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै आचार्यले भने–“पार्टीले विश्वासको मत नदिने निर्णय गरेको साथै एकता टुंगो लाग्दै गर्दा हतारमा विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षड्यन्त्र हो।”उनले आफ्नो समूहमा विश्वासको मतबारे कुनै निर्णय नभएको बताए।

सम्बन्धित सामग्री

कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत माग्दा एमाले सांसद अनुपस्थित

सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको छ । यसअघि मुख्यमन्त्री शाहीले हिजो (मंगलबार) विश्वासको मत लिने तय भए पनि कतिपय एमाले सांसद पार्टीको महाधिवेशनको क्रममा चितवनमा रहेको भन्दै आज (बुधबार)का लागि सारिएको थियो । तर आज पनि एमाले सांसदहरु प्रदेशसभा बैठकमा सहभागी […]

देउवालाई विश्वासको मत : एमाले दुवै पक्षलाई घाटा

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरू पार्टीमा नरहने निर्णय गरेका बेला नेपाल समूह विभाजित भएको छ।नेपाल स्वयंसहित केही नेताले विश्वासको मत दिएका थिए भने उनी पक्षधर १० जना मतदानमा सहभागी भएनन्। अर्कोतिर ओली समूहकै आठ सांसदले देउवालाई विश्वासको मत दिए। नेपालसहित एमालेका २२ सांसदले देउवालाई विश्वासको मत दिएका थिए भने १० जना तटस्थ बसेका थिए।  प्रधानमन्त्री देउवाले विश्वासको मत लिने क्रममा दुवैतिर खटपट उत्पन्न हुँदा ओली र नेपाल दुवैलाई घाटा भएको छ। नेपाल समूहका

यी हुन् देउवालाई विश्वासको मत दिन तयार एमाले सांसद (नामावलीसहित)

काठमाडौं, ३ साउन । नेकपा एमालेको माधव नेपाल पक्ष नै विश्वासको मत दिने नदिनेमा विभाजित भएको छ । वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल विश्वासको मत दिने पक्षमा छन् । तर, खनाल नयाँ दिल्लीमा उपचाररत भएकाले विश्वासको मत दिन उपस्थित हुने छैनन् । माधव नेपाल पक्षीय सांसदहरु २३ जनामध्ये १८ जनाले विश्वासको मत दिने […]

देउवालाई विश्वासको मत दिने सांसदहरु पार्टीमा रहनुहुन्न - एमाले

काठमाण्डाै – नेकपा(एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरु पार्टीमा नरहने बताएको छ । आइतबार बसेको स्थायी कमिटी बैठकपछि पार्टीका प्रवक्ता प्रदिपकुमार ज्ञवालीले पार्टीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने संस्थागत निर्णय गरिसकेकाले देउवालाई विश्वासको मत दिने सांसदहरु पार्टीमा नरहने बताउनुभएको हो ।उहाँले भन्नुभयो – ‘नेकपा(एमाले) को संस्थागत निर्णयभन्दा बाहिर गएर आफ्नै पार्टीको नेतृत्वको सरकारलाई ढलाएर बनेको सरकार या प्रधानमन्त्रीको पक्षमा मत हालिसकेपछि ती ...

एमाले फुटाउन हतारमा विश्वासको मत लिन लागियो : भीम आचार्य

नेकपा एमाले फुटाउने उद्देश्यले प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिन लागेको एमाले नेता भीम आचार्यले आरोप लगाएका छन् । एमालेमा माधव नेपाल र झलनाथ खनाल समूहमा रहेका आचार्यले प्रधानमन्त्रीलाई विश्वासको मत लिन एक महिनाको समय हुँदाहुँदै अहिल्यै एमाले फुटाउने उद्देश्यले विश्वासको मत लिन लागेको प्रतिक्रिया दिएका हुन् ।  ‘विश्वासको मतको लागि अझै प्रशस्त समय थियो । अरू विकल्प पनि हुन सक्थे तर, अहिल्यै विश्वासको मत लिन खोज्नु भनेको पार्टी फुटाउने एउटै उद्देश्य हो,’ उनले भने ।  कोटेश्वरमा ...

मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णय

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । नेकपा एमालको विवाद संसदमा पनि देखिन थालेकाले मुख्यमन्त्री भट्टले विश्वासको मत लिन लागेका हुन् ।  मंगलबार...

एमालेले विश्वासको मत दिन अनुपस्थित सांसदलाई कारबाही गर्ने

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत लिँदैगर्दा अनुपस्थित हुने एमाले सांसदलाई कारबाही गरिने भएको हो ।पार्टी अध्यक्षसमेत रहेका ओलीलाई विश्वासको मत नदिने भन्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २० निर्वाचित र ८ समानुपातिक गरी २८ सांसद अनुपस्थित भएका हुन् । एमाले संसद्ीय दलका मुख्य सचेतक विशाल भट्टराईले ‘ह्वीप उल्लंघन गम्भीर घटना

प्रधानमन्त्री ओलीले विश्वासको मत पाउलान् ?

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् । आज प्रतिनिधि सभामा विश्वासको मत माग्ने ओलीको प्रस्ताव निर्णयार्थ प्रस्तुत पनि हुनेछ । ओलीले विश्वासको मत लिन सक्ने सम्भावना क्षीण छ । नेकपा एमाले आफै विभाजनको संघारमा रहेको र प्रतिनिधि सभामा रहेका कुनैपनि दलले ओलीलाई विश्वासको मत नदिने भएपछि प्रस्ताव असफल […]

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमाले सांसदहरूलाई ह्वीप

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नेकपा एमालेले आफ्ना सांसदहरूलाई ह्वीप लगाएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् । भोलिबाट शुरू हुने प्रतिनिधि सभाको विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैछन् । एमालेको झलनाथ खनाल-माधव नेपाल पक्षले यथास्थितिमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने बताइसकेको छ । ह्वीप उल्लंघन गरेर कारवाही भोग्नुभन्दा सामूहिक राजीनामा दिने चेतावनी खनाल-नेपाल पक्षले दिँदै आएको छ । खनाल-नेपाल...